‘नबिल ब्यालेन्स्ड फण्ड–३’ को १० करोड इकाई भदौ २५ गतेदेखि बिक्री खुल्ला

१५ भाद्र २०७८, मंगलवार १४:०७

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उक्त फण्ड भदौ २५ गते शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्ने भएको हो ।

जसमध्ये १५ प्रतिशत वा १ करोड ५० लाख इकाईमध्ये कोष प्रबद्र्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख र १ प्रतिशत वा १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र सबै इकाई बिक्री नभएको खण्डमा असोज ८ गतेसम्म अवधि थपिने कम्पीले जनाएको छ ।

उक्त फण्डमा धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेयरो शेयर वेब वा एप्सबाट आवेदन दिन सकिनेछ । यो १० वर्षे अवधि रहेको एक बन्दमुखि योजना हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*