डडेलधुराको अमरगढीमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा अभिकर्तालाई दक्ष बनाउन जोड

२७ भाद्र २०७८, आईतवार १५:४२

काठमाडौं । बीमा समितिको आयोजनामा सूदुरपश्चिमको अमरगढी नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग बीमा सेचतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारण तथा जनप्रतिनिधिहरुले बीमा सम्बन्धी सचेतना विस्तारमा फलदायी सावित भएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले बीमाले सुरक्षा तथा बचत दुवैमा बानी बसाउने हुँदा निकै महत्वपूर्ण भएको बताए । उनले दावी भुक्तानी प्रक्रिया निश्चित र सरल हुनुपर्ने बताउँदै बीमा समितिले जनचेतना र दावी भुक्तानीमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा अमरगढी नगरकी उपप्रमुख संगिता भण्डारीले बीमा समिति केन्द्रमा मात्रै बसेर काम गर्ने भएकोले आम जनताको तहमा सम्बन्ध विस्तार हुन नसकेको बनाईन् । बीमा अभिकर्तालाई दिइने तालिम अपर्याप्त भएकोले स्थानीय निकायले अनुगमन गर्न पाउनुपर्ने बताईन् ।

कार्यक्रममा भेटेरीनरी अस्पतालका प्रतिनिधिले पशु बीमाको लागि ट्यागको अभाव हुने गरेको बताउँदै पंक्षी बीमा गर्न जिल्ला तोकिएको कम्पनीले आनाकानी गर्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागी उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघका प्रतिनिधिहरुले बीमा कम्पनीले दावी भुक्तानीमा अनेक उल्झन तेस्र्याएर समस्या बनाउने गरेको गुनासो गरेका छन् । साथै पशु ज्ञान केन्द्रका प्रतिनिधिहरुले बीमा कम्पनीहरुले बीमा पोलिसीमा राखेको शर्तका कारण पशु बीमामा किसानलाई मर्का पर्ने गरेको गुनासो गरेका छन् । कार्यक्रममा सहभागी यातायात व्यवसायीहरुले निजि र सार्वजनिक सवारीमा हुने दावी भुक्तानीमा विभेद रहेको गुनासो गरेका छन् ।

बीमा समितिका उप निर्देशक बिरोध भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बीमा समितिकै सहायक निर्देशक निश्चल राज बाँनिया तथा सहायक प्रमथ अनुराग पाण्डेयको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*