डिडिएका लागि चार्टर्ड एकाउन्टेन्टको रोष्टर तयार गर्न नपाउने भएपछि नयाँ उपाय खोज्दै बीमा समिति

२९ भाद्र २०७८, मंगलवार १७:२५

काठमाडौं । नियामक निकायको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार हरेक बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा सबै बीमा कम्पनीहरुले डिडिए गर्नुपर्दछ । सो व्यवस्था अनुसार हाल नेपालका २५ भन्दा बढि बीमा कम्पनीको डिडिए तत्कालै गर्नुपर्ने छ । बीमा कम्पनीको डिडिए गर्ने कार्यका लागि बीमा समितिले कुदृष्टि राखेर गतिविधि गरिहरको पाइएको छ ।

डिडिए भनेको स्वतन्त्र रुपमा गरिने विस्तृत लेखा परिक्षण हो । विस्तृत लेखा परिक्षणमा ठूलो रकम खर्च हुन्छ । तर, बीमा समितिले सो कार्यका लागि आफूले छानेको चार्टर्ड एकाउन्टेन्टमार्फत डिडिए गराउन खोजिरहेको छ । स्रोतका अनुसार समितिका उच्च पदस्थ व्यक्तिले व्यक्तिगत स्वार्थको लागि आफूले चाहेको चार्टर्ड एकाउन्टेन्टमार्फत डिडिए गराउन खोज्दैछन् ।

बीमा कम्पनीको डिडिए गर्ने कार्यमा आफ्नो उपस्थिति खोजेको बीमा समितिले सुरुमा चार्टर्ड एकाउन्टेन्टको रोष्टर तयार गर्ने तयारी गरेको थियो । रोष्टर तयार गर्न नपाउने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नियम भएको चाल पाएपछि अहिले उक्त कार्यबाट बीमा पछाडि हटेको छ ।

स्रोतका अनुसार बीमा समितिले बीमा कम्पनीहरुको डिडिए गर्ने कार्यमा आँखा गाड्न अझै छोडेको छैन । कुन मोडलमा जान सकिन्छ भन्दै बीमा समितिले छलफल गरिरहेको बुझिएको छ ।

बीमा समितिमा गत वर्ष नयाँ अध्यक्ष पूर्व सचिव सूर्य सिलवाल नियुक्त भएर आएदेखिका हरेक निर्णयहरु विवादमा पर्दै आएका छन् । सिलवाल अध्यक्ष भएर आएपछि बीमा समितिले कोरोना भाइरसको महामारीका कारण सरकारले घोषणा गरेको निषेधाज्ञामा तीन अर्बभन्दा बढि घोटाला हुने गरी हिमालयन रि नामक कम्पनीलाई लाइसेन्स दिएको विषय अहिले अख्तियारमा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*