बीमा समितिका दुई जना सञ्चालक परिर्वतन, अर्थबाट बराल र कानुनबाट कोइराला बने नयाँ सञ्चालक

१९ आश्विन २०७८, मंगलवार १८:०८

काठमाडौं । बीमा समितिको सञ्चालक समिति परिवर्तन भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन् ।

बीमा समितिका अनुसार कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सह–सचिव फणिन्द गौतमको ठाउँमा सोही मन्त्रालयका सुशिल कोइराला नियुक्त भएका छन्। दुवै सञ्चालकहरु केही दिन पहिलो परिवर्तन भएका हुन् । बीमा समितिले दुई जना सञ्चालक परिवर्तन भएको पुष्टि गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*