४१ वटै बीमा कम्पनीलाई बीमा सचेतना सम्बन्धी कार्यतालिका पेश गर्न बीमा समितिको निर्देशन

२४ आश्विन २०७८, आईतवार २१:३०

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समितिका अध्ययक्ष सूर्यप्रसाद सिलवालले सबै बीमा कम्पनीहरुलाई बीमा सचेतनाका लागि कम्पनीहरुलाई कार्य तालिका बनाएर समितिमा पेश गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले १९ जीवन बीमा कम्पनी, २० वटा निर्जिवन बीमा कम्पनी र दुई वटा निर्जिवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएका हुन् । बीमा समितिले समय सीमा नतोके पनि अध्यक्ष सिलवालको निर्देशन भएकाले बीमा कम्पनीहरुले सक्दो छिटो बीमा सचेतना सम्बन्धी कार्ययोजना पेश गर्नुपर्ने भएको छ ।

बिजया दशमीको शुभकामना दिँदै अध्यक्ष सिलवालले भने ‘बीमा सेचतनाको जिम्मेवारी कसको हो ? आज सबै कार्यकारी अधिकृतज्यूहरु हुनुहुन्छ, बीमा सचेतना सम्बन्धी के के हो गर्नुपर्ने ? तपाईहरुले कार्यतालिका बनाएर समितिलाई दिनु पर्यो ।’ अध्यक्ष सिलवालले बीमा सचेतना कार्यक्रममा कम्पनीहरुको सहभागिता जरुरी रहेको भन्दै अगाडि भने, ‘तपाईहरुले आफ्नो आफ्नो कम्पनीकै गर्नुहोला, समग्र बीमाको जनचेतना जगाउने काम हामी नै गर्छौ ।’ अध्यक्ष सिलवालले कार्यतालिका बनाएर सचेतना सम्बन्धी काम गर्न बीमा कम्पनीहरुलार्य भनेका छन् ।

उनले कार्यक्रममा बोल्दै, बीमा सचेतनाको कार्यक्रमका लागि तालिका बनाएर, बीमा समितिको कार्यक्रममा के–के समावेश गर्ने, कुन क्षेत्र चयन गर्ने भन्ने प्रतिलिपी बीमा समितिमा पेश गर्न आग्रह गरेका हुन् । कम्पनीहरुले पेश गरेको उक्त प्रतिलिपीलाई बीमा समितिले थप साथ दिने बताए ।

सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी बिजया दशमीको अवसरमा शुभकामना आदान कार्यक्रममा अध्ययक्ष सिलवालले बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बीमक संघ, जीवन बींमक संघ बीमा समिति कर्मचारी संघ लगायतका संस्थागत प्रतिनिधि रहेको थियो ।

बजार विस्तारका लागि हामीले उजागर गर्न नसेकेको कारण बीमा चेतना नभएको कुरा उनले कार्यक्रम मार्फत बताए । ‘बीमा कम्पनीहरुले बीमा समितिले गरिहाल्छ र बीमा समितिले कम्पनीहरुले गरि हाल्छ नी भन्ने मनस्थितीको कारणले गर्दा हाम्रो गन्तव्य कहाँ हो, हामी कहाँसम्म पुग्ने हो,’ अध्यक्ष सिलवालले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*