बीमा समितिले ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्दै

९ कार्तिक २०७८, मंगलवार १६:२२

काठमाडौं । बीमा समितिले आजदेखि ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सुरु गरेको छ । बीमा समितिले उपनिर्देशक केशव प्रसाद दाहाल, निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ)को नेतृत्वमा विभिन्न जिल्लाहरुको स्थानीय निकायमा यस्तो कार्यक्रम गर्ने भएका हुन् ।

सल्यानदेखि बीमा सचेतनाको कार्यक्रम आजदेखि सुरु भईसकेको छ। भोलि देखि प्रदेशन नं ५ र प्रदशे न १ मा समेत कार्यक्रम सुरु हुने भएको छ ।बीमा समितिका निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक उपनिर्देशक निश्चल बाँनिया र राम कोँजुको प्रदेश नं. ६ मा जनचेतनामूलक कार्यक्रमआजदेखि शुभारम्भ गरिसकेको छ।केशव प्रसाद दाहालको संयोजकत्वमा बनेको टोलिले सल्यानको कार्यक्रम आज सकिएसकेको कारण, रुकुम पश्चिममा ११ गते, रुकुम पूर्वमा १२ गते, जाजरकोटमा १४ गते र दैलेखमा १६ गते कार्यक्रम गर्ने भएको छ।

त्यस्तै, बीमा समितिका निर्देशक सुशील देव सुवेदी, उपनिर्देशक कुन्दन शर्मा र सुन्दर प्रसाद शर्माको टोलिले दाङ र प्युठानमा भोलिदेखि कार्यक्रम सुचारु गरेको छ। बीमा समितिका निर्देशक सुशील देव सुवेदीको संयोजकत्वमा बनेको टोलिले भोलिदेखि दाङ र प्युठानको चार स्थानीय तहहरुमा कार्यक्रम संचालन गर्ने भएको छ।बीमा समितिको उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ) पाँचथर इलाममा कार्यक्रममा बीमा समितिका विनोद कुमार पोखरोल र टेकराज पाण्डेको टोलिको कार्यक्रम भोलिदेखि संचालन हुने छ । पुनम ज्ञवाली (श्रेष्ठ)को संयोजकत्वमा विधार्थीहरुसँग बीमा जनचेतनाको कार्यक्रम समेत हुने पुनम ज्ञवालीले बताएकी छिन् । यो बिषयमा बीमा समितिसँग स्वीकृती लिईसकेको विधालयबाट भने स्वीकृती आउँन बाँकि रहेको उनले बताईन् ।

पुनम ज्ञवाली (श्रेष्ठ)को संयोजकत्वमा बनेको टोलिले पाँचथर, ताप्लेजुङ, इलाम नगरपालिका र इलाम सूर्यादय गाँउपालिकामा कार्यक्रम गर्ने भएको छ।कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहनेछ ।चालु आर्थिक वर्षमा स्थानीय तह सँगको यो पहिलो अन्तर्क्रिरया कार्यक्रम हो । बीमाको कसरी विस्तार गर्ने, बीमा सामाजिक सुरक्षा भएको हुनाले सबै वर्गलाई कसरी समेट्न सकिन्छ भने गत आर्थिक वर्षदेखिनै समितिले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

समितिले अभियानकै रुपमा अगाडि बढाएको यो कार्यक्रम चालु आर्थिक वर्षमा १ सय वटा भन्दा बढि स्थानिय निकायकासँग सम्पन्न गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा पनि बीमा समितिले विभिन्न स्थानीय निकायहरु सँग यस्तो कार्यक्रम आयोजना गरिसकेको छ । यो कार्यक्रमले जनचेतना अभिबृद्धि गर्ने, बीमाको दाबी भुक्तानी कसरी हुन्छ भनेर जानकारी प्रदान गरिनेछ ।

समितिले भोलिदेखि तीनवटै प्रदेशमा सुरु हुने कार्यक्रममा समितिका निर्देशकहरुले बीमा सम्बन्धी प्रस्तुती दिनेछन् । कार्यक्रममा समितिले स्थानीय जनप्रनिधि तथा सहभागीको कुरा सन्नेछ । उनीहरुको गुनासो तथा सुझावलाई ग्रहण गरेर आवस्यक निर्देशन दिनुका साथै आगामी दिनमा समितिले आफ्नो नीति तथा कार्यक्रममा समेट्नु पर्ने देखेमा सुझावको रुपमा समितिमा पेश गरिने निर्देशक सुशील देव सुवेदीले बताए ।

बीमा समिति संचालन गरेको यस्ता कार्यक्रमले बीमा क्षेत्रमा भईरहेको समस्या र समाधानको लागि थप टेवा पुग्ने र स्थानीय जनगुनासोलाई बीमा समितिले नजिकबाट नियाल्न पाउने अवसर पाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

2 thoughts on “बीमा समितिले ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्दै

  1. तिलक बहादुर के.सी. says:

    उत्तम अभियान, निरन्तरता दिँदा अति राम्रोहुनेछ/

  2. तिलक बहादुर के. सी. says:

    यस्ता कार्यक्रम ले बीमा प्रती जनबिश्र्वास बढ्नेछ/जीनव, निर्जीवन,पुनर्बीमा,म्यादी,कर्जा लगायतका बीषयमा,ब्यापक,छलफल र सहभागीताह हुदा,अभियान प्रभावकारी रहनेछ /तिलकबहादुर के.सी.नेपालगञ्ज बाट२०७८/७/९

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*