बीमा समितिको संचालक समितिले पूर्णता नपाउँदा लघुबीमा लाईसेन्स प्रकृया रोकियो

११ कार्तिक २०७८, बिहीबार १३:२६

काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमाको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको हो ।अर्थमन्त्रालयले बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपनि समितिले आफ्नो संचालक समितिबाट निर्णय गर्नुपर्ने हुन्छ ।

बीमा समितिको संचालक समिति अहिले अपुरो छ । समितिमा अर्थमन्त्रालयको तर्फबाट संचालक रहेका झक्कप्रसाद आचार्यलाई हटाइएको छ भने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि बीमा समितिको संचालक पदबाट राजीनामा दिइसकेका छन् ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले संचालक समिति ३ जना मात्र रहेको कारण अपूर्ण हुने भएकाले नयाँ संचालकको नियुक्तिसँगै प्रकृया अगाडि बढाएको छ । अहिले नीतिगत निर्णय हुन नसक्ने बताउँछन् । लघु बीमाको लाइसेन्स वितरणका लागि हामीले कुनै निर्णय गरेका छैनौं, संचालक समिति नै अपूर्ण छ, लाइसेन्स खुलाउने बिषयमा छलफल सम्पन्न भयो भने हामी सार्वजनिक सुचना नै प्रकाशित हुन्छ नि,’ अध्यक्ष सिलवालले बीमा पोष्टलाई भने ।

अर्थमन्त्रालयले अहिलेसम्म कतिवटा कम्पनीको लागि लाइसेन्स दिने र पुँजी कति राख्ने भन्ने विषयमा अझै पनि टुंगो नलागेको स्रोत जनाएको छ । बीमा समितिले आवश्यक गृहकार्य गरेर लाइसेन्स दिने विषयमा आफूहरु तयार रहेको जनाएको मन्त्रालयको स्रोतले जनाएको छ ।

अहिलेको बीमा ऐनले लघु बीमा कम्पनीको परिकल्पना भने गरेको छैन । तर, समितिले बीमा ऐन २०४९ (संशोधनसहित) को दफा ८ (घ२) अनुसार २०७६ सालमा लघु बीमा निर्देशिका भने जारी गरेको छ । उक्त दफामा ‘बीमा व्यवसायको सम्बन्धमा बिमकलाई समय–समयमा आवश्यक निर्देशन दिने’ बीमा समितिको काम, कर्तव्य र अधिकार दिने भनिएको छ ।

समितिको संचालक समितिलाई चाडै पूर्णता दिएर लाइसेन्स प्रदान गर्ने तयारी भईरहेको अर्थमन्त्रालयको स्रोतले जनाएको छ । लघु बीमा सम्बन्धी व्यवस्था बीमा ऐनमा नभएको कारण बीमा समितिले लघुबीमा लागु हुने सम्बन्धी कुनै दफामा राखेर निर्देशिका जारी गर्ने र सोही निर्देशिकाको आधारमा लाइसेन्स वितरण गर्नेदेखि त्यस्ता कम्पनीको न्यूनतम चुक्ता निधारण गर्ने देखि अन्य वित्तीय व्यवस्थाहरु पनि समितिले निमार्ण गनुपर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*