जाजकोटको भेरी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, कृषि बीमाको लागि कम्पनी थप गर्न कृषकको माग

१४ कार्तिक २०७८, आईतवार १८:५१

काठमाडौं। जाजकोटको भेरीे नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भेरीे नगरपालिका उपमेयर भावना भण्डारीको उपस्थितीमा वडा अदक्ष्य, अध्यक्ष, स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै भेरीे नगरपालिका उपमेयर भावना भण्डारीले कृषि बीमाको लागि थप कम्पनी विस्तार गरिदिन बीमा समितिलाई आग्रह गरेका छन् ।भेरीे नगरपालिका कृषकहरुले कृषि बीमाका तल्लो वर्गको किसानहरुसम्क्ष पुराउने लक्ष्य पुराउन कृषि बीमाका लागि थप कम्पनी र कृषि बीमा कार्यक्रम विस्तार गरिदिन बीमा समितिलाई आग्रह गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*