स्थानिय निकायसँग बीमा समिति : कृषि बीमा प्रभावकारी बनाउन स्थानिय कृषकको माग

१६ कार्तिक २०७८, मंगलवार १४:३०

काठमाडौं । दैलेखको नारायण नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दैलेखको नारायणी नगरपालिका उपमेयर सावित्री मल्लको उपस्थितीमा वडा अदक्ष्य, अध्यक्ष, स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै दैलेखको नारायणी नगरपालिका उपमेयर सावित्री मल्लले स्थानीय सरकारले सबै कार्यक्रमहरुलाई समान प्राथमिकता दिनुपर्ने भएको कारण बीमाको क्षेत्रलाई पनि अगाडि बढाउन नगरपालिकाको पूर्ण साथ रहेको प्रतिवद्धता व्यक्त गरे ।

त्यस्को लागि बीमा सम्बन्धी सरकोकारवालाहरुको समन्वयमा कार्यक्रम अगाडि बढाउन बीमा क्षेत्रका निकायहरुलाई प्रस्ताव लिएर नगरपालिकासम्क्ष पेश गर्न आग्रह गरेकि छिन् ।साथै आगामी दिनमा बीमा सम्बन्धी आवश्यक निति तथा कार्यक्रम कसरी बनाउने भन्ने बिषयमा अध्यक्षसँग विस्तृत छलफल गर्ने रणनिति बनाउने उपमेयर सावित्री मल्लले बताईन् । कार्यक्रमले बीमाबारे थप जानकारी पाएकोमा खुशी व्यक्त गरेका थिए ।

कृषि बीमाको लागि एभरेष्ट इन्स्योरेन्समात्रै बीमा कम्पनीमा भएको कारण त्यसले सबै नगरपालिका र गाँउपालिका सम्क्ष सेवा दिन सम्भव नभएको भन्दै अन्य कम्पनी थप स्थानिय कृषकहरुले माग गरेका छन् ।स्थानियहरुको जनगुनासो अनुसार कृषि बीमामा कम प्रभावकारिता, कोरोना बीमाको दाबी भुक्तानीहरुलाई समितिले छिटो छरितो रुपमा माग रोखेको छ।

सल्यानदेखि बीमा सचेतनाको कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा प्रंदेश नं. ६ मा जनचेतनामूलक शुभारम्भ गरेको कार्यक्रम आज दैलेखकको नारायण नगरपालिकामा सम्पन्न भएको हो ।

केशव प्रसाद दाहालको संयोजकत्वमा बनेको टोलिले सल्यानको कार्यक्रम आज सकिएसकेको कारण, रुकुम पश्चिममा ११ गते, रुकुम पूर्वमा १२ गते, जाजरकोटमा १४ गते कार्यक्रम संचालन गरि आज आज सम्पन्न गरेको हो । बिशेष गरि पाचवटै जिल्लामा संचालन गरिएको कार्यक्रममा कृषि बीमाको लागि प्रभावकारीता बढाउन स्थानीय कृषकहरुले बीमा समितिलाई माग गरेको बीमा समितिका सहायक निर्देशक निश्चल बाँनियाले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*