कोरोना बीमामाथि पर्यो १४ अर्ब ९३ करोड दावी, बक्यौता भुक्तानीबारे अझै अन्योल

२४ कार्तिक २०७८, बुधबार १४:०१

काठमाडौं । बीमा समितिले बीमापुलमार्फत जारी गरेको कोरोना बीमा पोलिसीमाथि १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजा ८९२ रुपैयाँ कूल दावी परेको बीमा समितिले जनाएको छ ।
हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको बीमा समितिको तथ्यांक छ । जसमध्ये कोरोना बीमालेख अनुदान जारी भएपछि बीमालेखको लिनेको सङख्या ९ लाख ५८ हजार १ सय ९८ रहेको छ ।

समितिको तथ्याङ्क अनुसार हालसम्म १ लाख ५९ हजार २ सय २५ कोरोना बीमितले कूल १४ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ भन्दा बढि रकम भुक्तानी माग गरेका छन् ।कारोना बीमामा ३ अर्ब ५० करोड रुपैयाँ पुलमार्फत, कम्पनीमार्फत १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले भुक्तानी गर्न बाँकि दाबी वापत ११ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कोरोना बीमा दाबी वापत संकलन भएको बीमाशुल्क १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने भुक्तानी गर्न बाँकी रहेको रकम १० अर्ब १५ करोड रुपैयाँ रहेको छ । अनुदान मार्फत ४१ करोड ९५ लाख रुपैयाँ उपल्बध भईसकेको छ भने २ करोड ११ लाख रुपैयाँ कोरोना बीमा शुल्कमा सरकारले दिएको अनुदान उपल्ब्ध हुन बाँकी रहेको तथ्याङ्कले देखाएको छ ।कोरोना बीमाको दावी भुक्तानीको अवस्था भयावह रहँदा पनि अझै कहिले बीमितले भुक्तानी पाउँछन् भन्ने कुरा अन्योलमा नै रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*