कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक

२५ कार्तिक २०७८, बिहीबार १५:३०

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक गरेको हो ।

समितिले १४ जना योग्य रोष्टरको नामावली आज सर्वाजनिक गरेको हो । नयाँ नामावली तयार भएसँगै बीमा कम्पनीहरुले उक्त योग्य व्यक्तिलाई प्रशिक्षकको रुपमा कार्यक्रम, तालिम वा गोष्ठीमा पशिक्षणका लागि बोलाउन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*