नयाँ बीमा कम्पनी आउन सक्छ, प्रतिस्पर्धा गर्न तयार हुनुस्

२९ कार्तिक २०७८, सोमबार १८:०२

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा नयाँ कम्पनीहरु आउन सक्ने भएकोले प्रतिस्पर्धा गर्न तयार रहन भनेका छन् । राष्ट्रिय बीमा संस्थानको ललितपुरको लगनखेल शाखाको आज उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘मार्केटमा हामी कम्पिटिसनमा छौं, १९ वटा जीवन बीमा कम्पनी छ, अर्को पनि आउन सक्छ ।’

अध्यक्ष सिलवालले संस्थानका कर्मचारीहरु प्रतिस्पर्धी बजारमा संघर्ष गर्न दक्षतायुक्त र क्षमतायुक्त बनाउन नसकेको बताए । अध्यक्ष सिलवालले भने, ‘तपाईहरु कर्मचारीहरुको क्षमता अभिबृद्धि गरेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष सिलवालले सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कमजोर बन्नुमा कुनै एक पक्ष मात्रै दोषी नभएको बरु वर्षौदेखि काम गर्दै आएका कर्मचारीबाट समेत फाइदा लिन नपाएको बताए । नेपाली बीमा क्षेत्रमा थप नयाँ लाईसेन्स वितरण गर्ने तयारी भइरहेको भन्ने हल्लाका बीचमा समितिका अध्यक्ष सिलवालले नयाँ कम्पनी आउन सक्ने बताएका हन् । सरकारी लगानीको संस्थानको नयाँ शाखा उद्घाटन कार्यक्रममा अध्यक्ष सिलवालको यस्तो भनाई सार्वजनिक हुनुले नयाँ कम्पनीको लाईसेन्स वितरण प्रक्रिया निकै अघि बढिसकेको अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*