बीमा साक्षरता अभियान लिएर लम्जुङको राईनास नगरपालिका पुग्यो बीमा समिति, मेयरले भने बाली बीमा नगर्दा ठूलो क्षति भयो, सबैले बीमा गरौं

२ मंसिर २०७८, बिहीबार २१:२६

काठमाडौ । देशैभरि बीमा साक्षरता अभियान सञ्चालन गर्दै आएको बीमा समिति आज लम्जुङ जिल्लाको राइनास नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा उप निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी र सहायक निर्देशक पुष्पा कुँवरको टोलीले आज राईनास नगरपालिकामा स्थानीय निकायसँग बीमा समिति अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेयर सिंह बहादुर थापाले स्थानीय किसान तथा जनप्रतिनिधिहरुलाई बीमाको महत्व दर्शाएका थिए । उनले भने, ‘यस वर्ष प्राकृतिक प्रकोप धेरै नै भयो, हाम्रा खेतबारीमा पाकेका बालीहरु उठाउँन नपाउँदै ठूलो वर्षाले नष्ट गर्यो । बीमा गरेको भए, बीमा कम्पनीले क्षतिपूर्ति दिने थिए । आज तपाईहरु सरकारसँग क्षतिपूर्ति माग्दै हुनुहुन्छ । आगामी दिनमा सबैलाई पशु पंक्षी तथा बालीको बीमा गरेर यस वर्षजस्तै आउने प्राकिकृत विपत्तिबाट सुरक्षत रहन आग्रह गर्दछु ।’ मेयर थापाले राईनास नगरपालिकामा जीवन बीमा र घर तथा सवारी साधनको बीमा गर्ने क्रम बढेको भएपनि किसानहरुलाई कृषि तथा पशुपंक्षी बीमा बारे थप जानकारी आवश्यक भएको बताए ।

कार्यक्रममा समितिकी निर्देशक ढुंगेलले बीमाको महत्वबारे स्थानीय जनप्रतिनिधिहरुले किसानहरुको जनचेतना फैलाउन आग्रह गर्दै बीमा दावी भुक्तानीका समस्याहरु भएमा बीमा समितिमा सम्पर्क राखी गुनासो गर्न आग्रह गरेकी छिन् । कार्यक्रममा स्थानीय किसानहरुले कृषि बीमाबारे चासो राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*