सबै बीमा कम्पनीलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै, नमान्नेलाई लाइसेन्स खारेजसम्म कारवाही !

६ मंसिर २०७८, सोमबार २२:३६

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ ।

बीमा समितिले चार वर्ष अघि नै सम्बन्धी निर्णय गरिसकेको भएपनि बीमा कम्पनीहरुले लघु बीमा गर्न अस्वीकार गर्दै आएका छन् । हिजो बसेको बीमा समितिको सञ्चालक समितिको बैठकमा १० प्रतिशत लघुबीमा अक्षरस कायान्वयन गर्ने सम्बन्धमा छलफल गरी अघि बढाउने विषयमा सहमति जुटेको छ ।

समितिले सरोकारवाला बीमा कम्पनीहरुसँग छलफल गरेर यस्तो नियम बनाउन लागेको हो । समिति स्रोतका अनुसार नमान्ने कम्पनीको लाईसेन्स खारेज, बीमा शुल्क संकनमा रोक लगाउने सम्मको कारवाही गर्ने गरी उक्त व्यवस्था लागू गर्न लागेको हो । बीमा समितिले लघु बीमालाई प्रभावकारी बनाउन तथा देशैभरिबाट कृषि तथा पशुपंक्षी बीमा गर्नै नपाएको भन्ने गुनासोको आधारमा यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

समितिले सो सम्बन्धमा छिट्टै बीमा कम्पनीहरुसँग छलफल गरेर अन्तिम निर्णय गर्ने जनाइएको छ । अर्थमन्त्रालयले कृषि तथा पशुपंक्षी बीमामा देखिएको समस्या हल गर्न लघु बीमामा कम्पनीहरुलार्ई १० प्रतिशतको सीमाभित्र बाँध्न निर्देशन दिइसकेको छ ।

अर्थमन्त्रालयको निर्देशनसँगै बीमा समितिले छिट्टै सो सम्बन्धी नयाँ व्यवस्था लागू गर्न गृहकार्य सुरु गरेको हो । बीमा समिति स्रोतले जनाए अनुसार कृषि तथा पशुपंक्षीमा अटेर गर्न थालेपछि लघुबीमाको थ्रेसहोल्ड नै तोकेर सबै कम्पनीहरुका लागि अनिवार्य गर्न लागेको हो । सरकारले नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकहरुलाई कूल कर्जाको कृषि तथा साना तथा मझौला उद्योगमा जाने कर्ताको सीमा तोकेर सबै क्षेत्रमा कर्जाको पहुँच पुर्याउने लक्ष्य लिएर काम गरिरहेको छ । अब बीमा क्षेत्रमा समेत न्यून आय भएका गरिब, किसानहरुको बीचमा बीमाको पहुँच पुर्याउने लक्ष्य अनुरुप यस्तो व्यवस्था गर्र्न लागिएको हो ।

नयाँ व्यवस्था लागू भएपछि कृषि तथा पशुपंक्षी बीमा गर्न नमान्ने बीमा कम्पनीहरु भने ठेगान लाग्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*