बीमा समितिद्धारा गण्डकी प्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न

७ मंसिर २०७८, मंगलवार १४:३२

काठमाडौं । बीमा समितिले गण्डकीप्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न गरेको । पोखराका आसपासका शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न भएको हो ।
समितिले आयोजना गरेको कार्यक्रममा पोखरास्थित जीवन, निर्जिवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा बीमा समितिको तर्फबाट निर्देशक पुजन ढुङ्गेल अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा उप निर्देशक निर्मल अधिकारी र सहायक निर्देशक पुष्पा कुवरको उपस्थिति थियो ।कार्यक्रममा निर्देशक पुजन ढुङ्गेल अधिकारीले बीमा सम्बन्धी प्रस्तुती दिएको थियो भने एक्चुरी प्रेक्षा माथेमाले टेक्निीसियल बिषयमा प्रस्तुती दिएको थियो ।

कार्यक्रममा शाखा प्रमुखहरुलाई अन्डरराईटिङ सम्बन्धी तालिम दिइएको थियो । कार्यक्रममा उपस्थितहरुले केन्द«मा रहेको कर्मचारीहरुको मात्र उचित मात्रामा तालिक लिन र अन्य क्रियाकलापहरुमा सहभागी हुन पाउन र बीमा समिति र कम्पनीमार्फत दिने तालिम प्रयाप्त रुपमा नपाउने समस्याहरु रहेको गुनासो कार्यक्रममा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*