बीमा कम्पनीको डिडिए गर्न २० वटा फर्म छानियो, दोस्रो चरणको नतिजा छिट्टै

९ मंसिर २०७८, बिहीबार १६:५३

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावित विवरणको नामावली समतिले आज सार्वजनिक गरेको हो ।

समितिले पहिलो चरणमा प्राविधिक प्रस्तावमा उत्तीर्ण भएका २० वटा फर्मलाई छनोट गरेको छ । आगामी मंसिर १५ गते दिउसो २ बजे आर्थिक प्रस्ताव खोल्ने समितिले सूचना मार्फत जनाएको छ ।
बीमा समितिले छनौट गरेका कम्पनीहरुले पाँच वर्ष अवधी पुगेका बीमा कम्पनीहरुको डिडिए गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*