नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

९ मंसिर २०७८, बिहीबार २०:५१

काठमाडौं । बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ ।

बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न पाइने गरी बीमा समितिले नयाँ निर्देशन जारी गरेको हो ।

अहिले बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीहरुमा २० प्रतिशत र बाँकी अन्य कम्पनीमा पुनर्बिमा गर्न सकिने व्यवस्था रहेको छ । बीमा समितिले आज जारी गरेको नयाँ नियम बीमाको सिद्धान्त विपरित छ । बीमाको सिद्धान्त अनुसार जोखिम बाँडफाँडमा विविधिकरण गर्नुपर्दछ । अर्थात एउटै कम्पनीमा पुनर्बीमा गर्नु गलत हुन्छ ।

बीमा समितिले भर्खरै स्थापना भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको पृष्ठपोषण गर्दै यस्तो निर्णय गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब नेपाली पुनर्बिमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी बीमा कम्पनीहरुसँग पुनर्बीमा गर्न सक्नेछन् ।

आज जारी गरेको निर्देशिकामा ‘क’ मा ‘बीमकले आफुले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष सिमा सम्बन्धमा हालको व्यवस्था कायम राख्ने’ भनिएको छ ।

त्यस्तै, ‘ख’ मा ‘प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने’ भनिएको छ ।

निर्देशनको ‘ग’ मा ‘स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा अस्वीकार गरेको खण्डमा मात्र त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका २०७८’ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने’ भनिएको छ ।

साथै बीमा समितिले विदेशी पुनर्बीमाको लागि डलर सटही सुविधा माग गर्दा नेपाली पुनर्बीमा कम्पनीको सिफारिस अनिवार्य गरिएको छ ।

3 thoughts on “नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

  1. प्रबिण सुबेदी says:

    यो निर्णय लाई वीमा क्षेत्रमा हाल सम्म भ‌एको निर्णय भन्दा क्रान्ति कारि निर्णयको रुपमा लिन सकिन्छ। सुझबुझ का साथ कार्यान्वयन पक्ष्यमा ध्यान पुर्याउन सके आगामि दिनमा वीमा क्षेत्रको भविष्य उज्वल देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*