निर्जिवन बीमक संघका अध्यक्षहरुद्वारा आपतकालिन बैठक आह्वान, बीमा समितिको निर्णयले बीमा क्षेत्रमा हंगामा

१० मंसिर २०७८, शुक्रबार १०:५८

काठमाडौं । निर्जिवन बीमक संघका अध्यक्षहरुको आपतकालिन बैठक आज बस्दैछ । आज अपरान्ह चार बजेका लागि आह्वान गरिएको बैठकमा बीमा समितिले जारी गरेको निर्देशनका विरुद्ध छलफल हुने एक सदस्यले बीमापोष्टलाई जानकारी दिए ।

बीमा समितिले यही मंसिर ९ गते जारी गरेको बीमकको पुनर्बीमा सम्बन्धी निर्देशनले सिंगो बीमा क्षेत्रमा हंगामा मच्चिएको छ । बीमा समितिले बीमाको सामान्य मूल्य, मान्यता र सिद्धान्तले मिलेर गैर कानुनी काम गरेपछि निर्जिजन र जीवन बीमा दुवै क्षेत्रमा हंगामा मच्चिएको हो । बीमा समितिले कोरोना बीमाको भन्दा घातक र सिंगो बीमा व्यवसाय नै धरासायी हुने गरी निर्देशन जारी गरेपछि बीमा कम्पनीका सिईओहरु, सञ्चालक समितिका अध्यक्ष तथा बीमा कर्मचारीहरु सशंकित बन्न पुगेका छन् ।

बीमाको सामान्य कुरा बुझेका जोकोहीले बीमा समितिको निर्णयले सिंगो बीमा व्यवसाय धरासायी हुने भन्दै छलफल सुरु गरेका छन् । बीमा समितिले तीन अर्ब रुपैयाँ घुस खाएर स्थापना गरेको कम्पनी हिमालयन रिलाई व्यवसाय दिन तथा प्रबद्र्धन गर्न यस्तो निर्णय गरेको भन्दै बीमा क्षेत्रमा चर्को विरोध भइरहेको हो ।

One thought on “निर्जिवन बीमक संघका अध्यक्षहरुद्वारा आपतकालिन बैठक आह्वान, बीमा समितिको निर्णयले बीमा क्षेत्रमा हंगामा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*