बीमा समितिको बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न

१२ मंसिर २०७८, आईतवार १४:४९

काठमााडौं । बीमा समितिले बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिले हाल गरिरहेको जनचेतनामुलक कार्यक्रममा सक्रिय सहभागिता कसरी गर्ने भन्ने बिषयक छलफल कार्यक्रममा बीमा सम्बन्धी यावत् बिषयमा समेत छलफल गरिएको थियो । बीमा समितिको निर्देशक कमल प्रसाद रेग्मी, सहायक निर्देशक पूर्ण बहादुर थापा र सहायक प्रथम श्याम सुन्दर नगरकोटीको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बनेपास्थित शाखा प्रमुखहरुले काठमाडौंबाट नजिक भएर पनि १६ बर्षको अन्तरालमा मात्रै नियामक निकायसँगको अन्तक्रिया कार्यक्रममा पहिलोपटक छलफल गर्न पाएकोमा दुःख व्यक्त गरेका थिए । आगामी दिनमा पनि यस्तै अन्तक्रिया कार्यक्रमलाई निरन्तरता दिन शाखाप्रमुखहरुले बीमा समितिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा कोरोना बीमा दाबी भुक्तानीको बिषयमा कम्पनीहरुमा भएको समस्याहरु, दाबी भुक्तानी दोहोरो भएमा सरल रुपमा जानकारी पाउन सफट्वयरको व्यवस्था गर्न लगायतका कार्यहरुमा बीमा समितिले बिशेष ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रंममा उपस्थित शाखा प्रंमुखहरुले पशुबीमामा गराँउदा ट्याग हराँउदा बीमा दाबी भुक्तानीमा आएका विभिन्न समस्याहरुको बारेमा सपष्ट धारणा व्यक्त गरेका थिए । कृषकले बीमा गराएको पशुपन्छी ट्याग हराएको खण्डमा बीमा दाबी भुक्तानी नदिएको भन्दै समस्याहरु कम्पनीमाझ राख्दै आएको हुँदा यस बिषयमा बीमा समितिलाई बिशेष ध्यानाकर्षण गराएको छ।

समितिको निर्देशक कमल प्रसाद रेग्मीको नेत्तृवमा थप चार कार्यक्रम संचालन गर्दै जाने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*