बीमा समितिको निर्णय विरुद्ध बीमक संघको दोस्रो बैठक सम्पन्न, अध्यक्ष सिलवाललाई ज्ञापन पत्र बुझाउने तयारी

१३ मंसिर २०७८, सोमबार १९:२४

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको दोस्रा बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित भएको संघले जनाएको छ।

संघको पूर्ण बैठकमा बीमा समितिले जारी गरेको पुनर्बीमाको विवादस्पद निर्णय विरुद्धमा समितिमा जाने र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल गरिएको थियो । यसअघि जीवन बीमंक संघले पनि पुनर्बीमाको विवादस्पद निर्णय विरुद्ध बीमा समितिमा जाने निर्णय गरिसकेको छ । बीमा समितिले गरेको निर्णय अन्तराष्ट्रिय प्रावधान विपरित भएकाले त्यस्तो निर्णय सच्चाउन माग गरिएको नेपाल बीमक संघका एक सदस्यले बीमापोष्टलाई बताएका छन् । यसका लागि बीमा समितिमा ज्ञापन पत्र बुझाउने तयारी भईरहेको स्रोतले जनाएको छ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले गत साताको बिहिबार बीमकलाई आफ्नो सम्पुर्ण जोखिम नेपाली पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएसँगै नेपाल बीमक संघ र जीवन बीमक संघले विरोध जनाउदै आएको छ । नेपाल बीमक संघ र जीवन बीमक संघले यस बिषयमा बैठक बसेपनि अन्तिम रुप भने दिईनसकेकोे स्रोतले जनाएको छ। संघले एक दुई दिनभित्र बीमा समितिमा अन्तिम निष्कर्षको लागि पुग्ने जनाएको छ।

हालसम्म नेपाल बींमक संघ र जीवन बीमक संघले पुनर्बीमाको विवादस्पद निर्णय विरुद्धमा बीमा समितिले दिएको निर्देशनमा कुनै विरोध जनाएको छैनन् । दुइवटै संगठनले बीमा समितिले गरेको निर्णय र निर्देशन आत्मघाती भएको भन्दै फिर्ता लिन दबाव दिने तयारी गरिरहेको बुझिएको छ ।

बीमक संघमा अन्तराष्ट्रिय अभ्यासमा नभएको निर्णयलाई बीमा कम्पनीले सर्मथन नगर्ने बिषयमा भएको दोस्रो बैठकले अन्तिम रुपमा नपाएको कारण पुन : अर्को बैठक बोलाएको छ। बीमा बिज्ञहरुले स्वदेशी स्वदेशी पुनर्बीमा कम्पनीलाई मात्रै पुनर्बीमा गर्न दिनु ‘सिद्धान्त विपरित’ भएको बताएका छन् । समितिले नेपाली पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।जोखिम जति बढी हस्तान्त्रण गर्यो त्यति राम्रो हो तर, त्यसको बिपरित बीमा समितिले निर्देशन दिनु बीमाको अन्तराष्ट्रिय सिद्धान्त बिपरित भएको विज्ञहरु बताँउछन् ।

यसअघि नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीका अलावा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्दै आएका थिए । तर, यसरी विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा गर्दा वार्षिक करिव ६ अर्ब रुपैयाँ बाहिरिएको भन्दै बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गराउन निर्देशन दिएको थियो ।

तर, रकम बाहिर जान्छ भनेर स्वदेशमा मात्र पुनर्बीमा गराउनु पर्ने समितिको निर्देशन अन्तराष्ट्रिय सिद्धान्त विपरित भएको भन्दै बीमा बिज्ञ र बीमा कम्पनीहरुले बिरोध गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*