पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान

१५ मंसिर २०७८, बुधबार १८:२१

काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज(सेजन)को रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले बीमा समितिको निर्देशनको सम्बन्धमा थप छलफल गरी विज्ञहरुसँग राय लिएर बीमा समिति समक्ष पेश गर्न सबैलाई आह्वान गरेका छन् । बीमा कम्पनीहरुलाई यस निर्देशनले के असर गर्छ भन्ने बिषयमा अभ्ययन गरेर बीमा समितिमा प्रतिवेदन पेश गर्न समेत आग्रह गरिसकेको बताउँदै उनले नियामक निकायको अदुरदर्शी निर्णयका कारण सिंगो बीमा व्यवसाय अप्ठेरोमा परेको बताए ।

सेजनले आयोजनामा भएको कार्यक्रम उपस्थित व्यवसायीहरुले बीमा समितिको बीमकहरुलाई दिएको निर्देशनको विरोधमा चर्को विरोध गरेका थिए । हालका हिमालयन रि– इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले भने बीमा समितिले बीमकलाई दिएको निर्देशनको बिषयमा केही बोलेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*