बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

१६ मंसिर २०७८, बिहीबार १०:३८

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर अफ कमर्शले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले हिजो सार्वजनिक कार्यक्रममै बीमा समितिले बीमाको सामान्य सिद्धान्त, मूल्य र मान्यता भन्दा बाहिर गएर सिंगो बीमा क्षेत्रलाई तहस नहस हुने गरी नेपालमै पुनर्बीमा गर्न बाध्यकारी नियम लगाएको आरोप लगाएका थिए । बीमा समितिले बीमा कम्पनीका अध्यक्ष तथा सिईओहरुलाई आन्दोलन नगर्न धम्की दिएपछि चेम्बर अफ कमर्शले आन्दोलनको नेतृत्व गर्न लागेको हो । चेम्बर अफ कमर्श स्रोतका अनुसार आवश्यक परेमा सबै बीमा कम्पनी बन्द गरेर साँचो नै बीमा समितिमा बुझाउने गरी आन्दोलन गरिने छ ।

चेम्बर अफ कमर्शले सुरुमा बीमा समितिमा औपचारिक रुपमा ज्ञापन पत्र बुझाउनेछ । सो ज्ञापनपत्रको वेवास्ता गरेमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे छलफल भइरहेको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए ।

चेम्बर अफ कमर्शले ज्ञापन पत्र बुझाउ खोज्दा अध्यक्ष सिलवालले समय नदिएको जनाइएको छ । थर्मल गन तस्करी, अख्तियारले भ्रष्टाचारी ठहर गरेको व्यक्ति तथा समुहका लागि काम गर्दै आएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले ज्ञापन पत्र बुझ्न आलटाल गर्दै आएको खुलेको छ । तीन दिन पहिलेदेखि नै ज्ञापन पत्र बुझाउन खोजेको भएपनि अध्यक्ष सिलवाल बीमा समितको जम्बो टिम नै बोकेर बागमति प्रदेश सरकारसँग अन्तरक्रिया भन्दै हेटौडा र बिरगन्जको यात्रामा रहेकोमा आज काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*