बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की

१६ मंसिर २०७८, बिहीबार १४:४९

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज कर्मचारीहरुमाथि हप्की दप्की गर्दै गाली गरेका छन् । आज विहानै सबै कर्मचारीहरुलाई बैठक राखेर सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हप्की दप्की लगाएका हुन् ।

सिलवालले कुनै पनि व्यक्तिलाई पत्रकारसँग नबोल्न निर्देशन दिएका थिए । उनले पत्रकारलाई सूचना दिने, कुराकानी गर्नेलाई कारवाही गर्ने धम्की समेत दिएका छन् । तीन अर्ब घुस खाएर हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिएको आरोपमा अख्तियारमा मुद्दा परिसक्दा समेत अझै हिमालयन रि इन्स्योरेन्सलाई नेपाली बीमा कम्पनीले व्यवसाय दिने हिम्मत गरेका सिलवालले यसअघि बीमा कम्पनीका सिईओ तथा अध्यक्षहरुलाई समेत विरोधमा उत्रिएमा विभिन्न बाहनामा कारवाही गरी कम्पनी नै बन्द गरिदिनेसम्मको चेतावनी दिएको गुनासो बीमा कम्पनीहरुले गर्दै आएका छन् ।

सिलवालले नेपाल चेम्बर अफ कमर्शलाई समय दिनुपर्ने भयले सबै कर्मचारीसँग मिटिङ राखेर कर्मचारी सामू आफूले गरेको निर्णयबाट पछाडि नहट्ने भन्दै सबै कर्मचारीलाई उक्त निर्णयको डटेर प्रतिरक्षा गर्न निर्देशन दिएका छन् । बीमा समितिका सञ्चालक समितिका सदस्यहरुलाई झुक्याएर निर्णय गराई दुई दिन पछि हस्ताक्षर गर्न लगाउने अध्यक्ष सिलवालका कारण सिंगो अर्थमन्त्रालय समेत बद्नाम हुँदै जान थालेको छ । पछिल्लो समय बीमा समितिबाट भए भइरहेको कार्यहरुको सुक्ष्म निगरानी गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

3 thoughts on “बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की

  1. Nischal Baaniya says:

    यस्ता भ्रामक र मनगडन्ते खबर चै नछापेकै भये हुने । कती सम्म जानेको बा ।

  2. Hattyara says:

    Yo gopye suchana kaha bata paunu bhayo.

  3. nandan bishwokarma, pokhara says:

    बीमा समितिका कर्मचारीहरुमा क्षमता, दक्षता र व्यवसायिकता विकास भएको भए आज यस्तो दिन आउने पक्कै थिएन । भ्रष्ट र दलाल र माफियाका एजेन्टहरुले जसो जसो बाहुन बाजे उसो उसो स्वाहा भन्ने कर्मचारीहरुकै कारण आजको अवस्था आएको हो । प्रतिरक्षा गर्नु भनेका रैछन् । अझ कतिसम्म पेल्न सकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*