अर्थ मन्त्रालयलाई झुक्याएर अध्यक्ष सिलवालद्वारा पुनर्बीमा सम्बन्धी निर्णय, अर्थबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वारा हस्ताक्षर गर्न अस्वीकार

१७ मंसिर २०७८, शुक्रबार ०८:४७

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थ मन्त्रालयलाई झुक्याएर सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय गरेको खुलेको छ ।

यही मंसिर ७ गते बसेको बीमा समिति सञ्चालक समितिको बैठकमा कीर्ते गरी तयार पारेको माईन्यूटमा कानुन मन्त्रालयका प्रतिनिधि सुशिल कोइरालालाई झुक्याएरु हस्ताक्षर गराए पनि अर्थमन्त्रालका प्रतिनिधि नारायण सापकोटाले भने हस्ताक्षर नै नगरेको तथ्य फेला परेको छ । स्रोतका अनुसार बीमा समितिको निर्णयहरुमा कीर्ते गरेर निर्णय गर्न लागेका चाल पाएपछि सापकोटाले छलफल नै नभएको विषयमा हस्ताक्षर नगर्ने र अर्थमन्त्रालयको सहमति हुन नसक्ने जानकारी गराएपछि अध्यक्ष सिलवालले बैठकमा उपस्थित सदस्यको हस्ताक्षर बिना नै सञ्चालक समितिको बैठकको निर्णय भन्दै कार्यकारी निर्देशकलाई अबैधानिक तरिकाले आदेश जारी गरेको खुलेको छ ।

बीमापोष्टलाई प्राप्त माईन्यूटको प्रतिलिपीमा हालसम्म बीमा समितिका सञ्चालकको रुपमा कार्यरत भन्सार विभागका महानिर्देशक नारायण सापकोटाले हस्ताक्षर नै नगरेको तथ्य फेला परेको छ । सो माईन्यूटमा सञ्चालक कपिलदेव ओली र कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सुशिल कोइरालाको मात्रै हस्ताक्षर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*