बीमा समितिका अध्यक्ष सिलवाल अर्थ मन्त्रालयमा

१७ मंसिर २०७८, शुक्रबार ०८:५४

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल हिजो अपरान्ह अर्थ मन्त्रालयमा पुगेका छन् । त्यहाँ उनले सचिव मधु मरासिनीसँग भेटेर आफ्नो निर्णयको बचाऊ गर्न खोजेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

बीमा समितिले यही मंसिर ९ गते गरेको सबै बीमक कम्पनीहरुले नेपालमा रहेका दुई पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने निर्णय गरेसँगै विवादमा परेका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अर्थसचिव मरासिनीसँग के छलफल गरे भन्ने खुल्न सकेको छैन । मन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग करोडौं कमिशनको डिलमा गरिएको सो निर्णयको सम्बन्धमा सचिव मरासिनीलाई कन्भिन्स गर्न खोजेको जनाइएको छ ।

उता, बीमा समितिका अध्यक्ष सूर्य सिलवालको कार्यशैलीप्रति अर्थमन्त्रालयले असन्तुष्ट रहेको जनाइएको छ । मन्त्रालय सम्बद्ध स्रोतका अनुसार सिलवालकै कारण लोडसेडिङका नायक अर्थमन्त्रीको छवि धुमिल हुन लागेको भन्दै राजनीतिक तथा प्रशासनिक तहमा समेत असन्तुष्ट रहेको जनाइएको छ ।

उनले मन्त्रालयमा करिब दुई घण्टा अर्थ सचिव लगायतका व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अनिवार्य पुनर्बीमा व्यवसाय दिनुपर्ने बाध्यकारी नियम बनाए बापत करोडौं कमिशन सेटिङ गरेको आरोप लागेका सिलवालका विरुद्धमा बीमा कम्पनीहरुको तर्फबाट नेपाल चेम्बर अफ कमर्शले आन्दोलनको नेतृत्व गर्ने भएको छ । सिलवालको उक्त निर्णयका विरुद्धमा चेम्बर अफ कमर्शले हिजो ज्ञापन पत्र बुझाउन समय माग गरेकोमा  समय नदिई उल्टै भागेर अर्थमन्त्रालयमा पुगेको आरोप बीमा कम्पनी सम्बद्ध अधिकारीहरुले लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*