बीमा सचेतना कार्यक्रममा मेलम्चीका बाढीपीडितको रुवाबासी, बीमा कम्पनीहरुले दावी नतिरेको गुनासो

१८ मंसिर २०७८, शनिबार ०७:४०

काठमाडौं । बीमा समितिको आयोजनामा हिजो सिन्धुपाल्चोकको मेलम्चीमा भएको बीमा जनचेतना कार्यक्रममा मेलम्चीका बाढीपीडितले बीमा कम्पनीहरुबाट पाएको सास्तीको कहानी सुनाउँदै रुवाबासी गरेका छन् । गत असार १ तथा साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची र आसपासको १० किमीभन्दा लामो तटिय क्षेत्रमा १० अर्बभन्दा बढिको क्षति भएको थियो ।

सो घटनामा घर तथा श्रीसम्पत्ति गुमाएकी स्थानीय श्रेष्ठ थरकी महिला कार्यक्रममै रुदै आफ्नो समस्या सुनाईन्, ‘बाढीले सर्वश्व लुट्यो, अलिकति बचेको आत्मबल र साहस पनि बीमा कम्पनीले लुट्दैछ, पाँच महिना पुरा भयो, दावी भुक्तानीको लागि बीमा कम्पनी धाउँदा धाउँदै थाकिसके । आउने भए देऊ नपाउने हो भने दिदैनौं भनिदेऊ ।’ ति महिला जस्तै धेरै सहभागीहरु बीमा कम्पनीहरुबाट भोगेको प्रक्रियागत झन्झटबाट आजित, हैरान तथा निराश देखिन्थे ।

मेलम्चीमा आयोजना गरिएको कार्यक्रममा बाढी पहिरोको कारण पूण क्षती पुराएकोे उक्त नगरपालिकाका स्थानीयले कार्यक्रममा बीमा कम्पनीबाट दाबी भुक्तानीमा भएको ढिलाईको कारण आफूहरु समस्यामा रहेको कुरा पीडा र क्रन्दन व्यक्त गरेका थिए ।

बीमा समितिका निर्देशक कमलराज रेग्मीको नेतृत्वमा सहायक निर्देशक पूर्ण बहादुर थापा र सहायक प्रथम श्याम नगरकोटीको गएको टोलीले मेलम्ची नगरपालिकाका मेयर कार्यक्रममा नगरपालिकाका मेयर डम्बर बहादुर अर्याल, उपमेयर भगवती नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल सहित सम्पुर्ण वडाका जन प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

बाढी पहिरोबाट पीडितहरुले बीमा कम्पनीहमा बारम्बार सम्र्पक गरिरह्दा क्षति मूल्याङ्नका क्रममा प्राविधिक समस्या भएको भन्दै क्षति मूल्याङ्कनमा ढिलाइ भएको गुनासो बाहेक उत्तरमा केहि नआएको गुनासो स्थानीयबासीले गरेका छन् ।
साथै स्थानिय सहभागीहरुले कोरोना बीमा, कृषि तथा पशुपन्छी बीमा र दाब्ी भुक्तानीमा भएको ढिलाईको बिषयमा प्रश्न उठाएका थिए ।

छलफलमा बीमा समितिका निर्देशक रेग्मीले मेलम्ची बाढी पीडितले पाएको सास्तीको सन्दर्भमा बीमा कम्प्नीहरुलाई यथाशक्य छिटो समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

समितिको सो टोलीले नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तिमाल गाउँपालिका, चौतारा सागाँगडी चोक नगरपालिका र आज मेलम्ची नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तर्क्रया कार्यक्रम सम्पन्न गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*