सात प्रदेशमा कार्यक्षेत्र तोकेर १४ वटा लघुबीमा कम्पनीको लाईसेन्स दिन बीमा समिति ‘मुभ’

१९ मंसिर २०७८, आईतवार १३:५९

काठमाडौं । बीमा समितिले १४ वटा लघुबीमा लाईसेन्स वितरण गर्ने तयारीमा अघि बढेको छ । यसअघि थर्मल गन तस्करलाई सेटिङमा लाईसेन्स दिएको बीमा समितिले पुनः १४ वटा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्न लागेको हो ।

पुनर्बीमा नेपालमै गर्नुपर्ने निर्देशन दिएर विवादमा फसेको बीमा समितिले पुनः अर्को सेटिङको काम अघि बढाएको छ । संघीय प्रणाली अनुसारको सात वटै प्रदेशलाई कार्यक्षेत्र बनाएर ७ वटा जीवन बीमा र ७ वटै निर्जिवन सम्बद्धल लघु बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्न बीमा समिति मुभ भएको स्रोतको भनाई छ ।

बीमा समितिले नयाँ लाईसेन्स विरतण गर्नकै लागि प्रदेश सरकारसँग भेटवार्ताको कार्यक्रम अघि बढाएको छ । गत साता बागमति प्रदेश सरकारसँग छलफल गरेको बीमा समितिले आज विराटनगर पुगेर प्रदेश नं १ सरकारसँग छलफल गर्न लागेको छ । सो छलफलमा नयाँ बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्न लागेको भन्दै मुख्य मन्त्रीहरुलाई जानकारी गराइएको बताइएको छ ।

बीमा समितिले सेटिङ गर्न लागेको लाईसेन्स वितरण रोक्न बीमा क्षेत्रमा व्यक्तित्वहरुले माग गर्दै आएको भएपनि अटेर गर्दै अघि बढेको बीमा समितिको कार्यशैलीप्रति सिंगो बीमा क्षेत्र आक्रोसित छ ।हाल निर्जिवन बीमा कम्पनीहरुले गर्दै आएको लघु बीमा नयाँ कम्पनी आएपछि झनै कठिन हुनसक्ने चर्चाका बीचमा बीमा समितिले नयाँ लाईसेन्स वितरण गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*