बीमा समितिका अध्यक्ष सहितका पदाधिकारी प्रदेश नं १ मुख्यमन्त्री कार्यालयमा, बीमाको पहुँच बृद्धि गर्नेबारेमा छलफल

१९ मंसिर २०७८, आईतवार २३:४०

काठमाडौं । बीमा समितिका अध्यक्ष सहितका पदाधिकारीहरुले आज प्रदेश नं १ को राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका छन् । प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नीति अन्तर्गत बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, समितिकै अन्य उच्च पदस्थ कर्मचारी, बीमा कम्पनीका सिईओसहितको टोली मुख्य मन्त्री, मन्त्री तथा अन्य प्रतिनिधिसँग बीमाको पहुँच बृद्धि गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेतृत्वमा गएको टोलीले प्रदेश नं १ को सदरमुकाम विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा अन्य मन्त्री, सचिव लगायतका विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरी बीमा क्षेत्रका समस्या र समाधानका उपायको बारेमा छलफल गरिएको बीमा समितिले जनाएको छ ।

आज भएको भेटवार्तामा बीमाको पहुँच विस्तार तथा आम जनताले भोगेको बीमा दावी भुक्तानीको सम्बन्धमा छलफल भएको थियो । छलफल निकै सकारात्मक रहेको र बीमाको पहुँच बृद्धिका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । बीमा समितिले प्रदेश सरकारसँग पनि सहकार्य गर्दै अघि बढ्ने विषयमा छलफल भएको प्रदेश नं १ का मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

स्थानीय निकायसँग बीमा समिति नामक राष्ट्रिय अभियानको रुपमा देशका विभिन्न स्थानमा बीमा समिति पुगेर छलफल गर्दै आएको पछिल्लो समय बीमा समितिको मूल नेतृत्व नै प्रदेश सरकारसँग अन्तरक्रियाा तथा छलफल गरी बीमाको पहुँच बृद्धि तथा समस्या समाधानको विषयमा छलफल गर्दै अघि बढेको हो । यसअघि बागमति प्रदेश सरकारसँग छलफल गरेको बीमा समितिले आज प्रदेश नं १ को सरकारसँग छलफल गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*