कोरोना बीमाको ११ अर्ब दावी भुक्तानीको जिम्मेवारी बीमा समिति लिनुपर्ने, अर्थ सचिव मरासिनीको भनाईले तरंग

२१ मंसिर २०७८, मंगलवार ०४:०१

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले कोरोना बीमाको भुक्तानी बक्यौता रहनु बीमा समिति जिम्मेवार रहेको भन्ने अभिव्यक्ति दिएपछि सिंगो बीमा क्षेत्रमा तरंग पैदा भएको छ । पुनर्बी सम्बन्धी बीमा समितिको निर्देशनका कारण स्तब्ध बनेका बीमक कम्पनीहरु अर्थ सचिव मरासिनीको भनाईका कारण थप तरंगित भएका हुन् ।

कोरोना बीमाको दावी भुक्तानी सरकार व्यहोर्न नसक्ने आशय अन्तर्गत अर्थ सचिव मरासिनीले उक्त अभिव्यक्ति दिएको बीमा कम्पनीका उच्च अधिकारीहरुको बुझाई छ ।

गत शुक्रबार विराटनगरमा पत्रकारसँग कुमार गर्दै उनले बीमा समिति नै यसको जिम्मेबार रहेको जनाउँदै कोरोना बीमाको सम्बन्धमा समितिले निकास निकाल्ने धारणा व्यक्त गरेका थिए । बीमा समितिले कोरोना बीमा वापतको रकम अर्थ मन्त्रालयले भुक्तानी नगर्दा रोकिएको गर्दै आएको भए पनि त्यसबारे उनले अनभिज्ञता प्रकट गरेका छन् । अर्थ मन्त्रालयले बीमाको सिद्धान्तभन्दा बाहिर गएर बीमा रकम भुक्तानी गर्ने समस्या रहेको जनाउँदै आइरहेको छ ।

अर्थमन्त्रालयले बजेटमा कोरोना बीमाको लागि सिर्जना भएको दायित्व व्यहोर्ने कुनै व्यवस्था नभएकोले सरकारले एक रुपैयाँ पनि भुक्तानी गर्न नसक्ने सरकारले पटक पटक प्रष्ट पार्दै आएपनि बीमा समितिले भने सरकारले रकम निकासा गरेपछि कोरोना बीमाको दावी भुक्तानी गर्ने आश्वासन दिँदै आएको अवस्थामा अर्र्थ सचिव मरासिनीले कडा तथा यथार्थ अभिव्यक्ति बाहिर आएपछि तरंग फैलिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*