बीमा समितिका अध्यक्ष सूर्य सिलवालद्वारा वार्ता गर्न अस्वीकार, पुनः राजधानी छोड्ने तयारी गर्दै

२२ मंसिर २०७८, बुधबार ०७:०१

काठमाडौं । बीमा समितिले सरोकारवाला बीमक कम्पनी सँग वार्ता गर्न अस्वीकार गरेको छ । बीमा समितिले यही मंसिर ९ गते हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई करिब छ अर्बको व्यवसाय सुनिश्चित गर्ने गरी गरेको निर्णयको विरुद्धमा रहेको जीवन तथा निर्जिवन बीमा कम्पनीसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ ।

जीवन तथा निर्जिवन बीमा कम्पनीहरुको तर्फबाट बीमा समितिको बीमा व्यवसाय ध्वस्त बनाउने निर्णयका विरुद्धमा नेपाल चेम्बर अफ कमर्शले आन्दोलनको नेतृत्व गर्ने निर्णय भइसकेको छ । तर, नेपाल चेम्बर अफ कमर्शको टोली बीमा समितिमा ज्ञापन पत्र बुझाउने समय नदिई अध्यक्ष सिलवाल भागेर हिडिरहेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक र निर्देशकहरुलाई लिएर शनिबार विराटनगर पुगेका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बल्ल काठमाडौं त आईपुगे तर उनी बीमा कम्पनीहरुको कुरा नसुनी पुनः राजधानी बाहिर भाग्ने तयारीमा रहेका छन् । विवादास्पद निर्णय गरेका सिलवाल प्रदेश सरकारसँग अन्तरक्रिया भन्दै देश दौडाहा गरिरहेका छन् । स्रोतका अनुसार कुनै पूर्व योजना नभई हिमालयन रि इन्स्योरेन्स कम्पनीको पक्षमा गरिएको निर्णयको विरुद्धमा अर्थमन्त्रालयदेखि बीमा कम्पनीहरुको दवाव थेग्न राजधानी बाहिर बस्दै आएका छन् । अघिल्लो साता हेटौडा र जन्मथलो बीरगन्जमा बिताएका सिलवाल पुनः पश्चिमतर्फ लाग्ने योजनामा रहेको बताइएको छ ।

उता, आन्दोलनमा जाने निर्णय गरेको चेम्बर अफ कमर्शले बीमा समितिले ज्ञापन पत्र बुझ्न नमानेमा अब सिधैं अर्थमन्त्रालयमा आन्दोलन केन्द्रीत गर्ने तयारी सुरु गरेको जनाएको छ । स्रोतले भन्यो, ‘एक सातादेखि प्रतिक्षा गर्दा पनि समय पाइएको छैन । अब सिधैं अर्थमन्त्रालय जानुको विकल्प छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*