राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

२७ मंसिर २०७८, सोमबार १४:११

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुष्टि गरेको छ । यसअघि यस्तो ससिति गठन गरिएको जनाए पनि औपचारिक रुपमा पुष्टि गरेको थिएन ।

बीमा समितिकमा निर्देशक शुशिलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, दुई पुनर्बीमा कम्पनीहरुको तर्फबाट एक–एक जना प्रतिनिधि रहने गरी अध्ययन समिति गठन गरिएको हो ।

समितिले मंसिर ९ गते एक निर्देशन जारी गर्दै नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय गरेको थियो । उक्त निर्णयले भर्खरै लाईसेन्स पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यापार सुश्चित गरेको छ । बीमा समितिको उक्त निर्णयको विरोध गर्दै बीमा कम्पनीहरु असन्तुष्ट बनेका छन् । बीमक संघ कम्पनीका अध्यक्षहरूको संस्थाले संयुक्त रुपमा बीमा समितिले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

यसैबीच, आज बीमा समितिको भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जर्नादन शर्माले शिलयान्स कार्यक्रममा अर्थमन्त्रालयमा समेत यो निर्देशन ठिक हो वा हैन भन्ने बिषयमा छानबिन भईरहेको बताएका छन् । यसको निक्र्यौल अध्ययन समितिले चाडौ नै निकाल्नै तयारी गरिरहेको उनले बताए । विभागिय मन्त्रीले नै सो सम्बन्धमा बीमा समितिमाथि प्रश्न उठाएपछि सञ्चालक समितिको बैठकबाट विवादास्पद निर्णय गरी सोही निर्णयको आडमा भएको पुनर्बीमा सम्बन्धी निर्णय अलपत्र पर्ने देखिएको छ ।

One thought on “राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

  1. Kalavati Paudel says:

    सिलवाल अध्यक्ष रहेसम्म यस्ता काण्डहरू भइ नै रहनेछन् । बिमा क्षेत्र सुधारको पहिलो शर्त भनेको यिनलाइ जतिसक्दो चांडो त्यहांबाट हटाउनु बाहेक अरू उपाय छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*