बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न अर्थमन्त्रीको निर्देशन

२८ मंसिर २०७८, मंगलवार १८:३८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न बीमा समितिलाई आग्रह गरेको छ । कोरोना बीमाले निम्त्याएको समस्यालाई स्मरण गर्दै बीमा पोलिसी बनाउँदा गर्दा बारम्बार सोच्न अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् ।

बीमा समितिको नयाँ बन्ने भवनको हिजो शिलान्यास गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमा गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको र यसको समाधान गर्नका लागि गृहकार्य समेत भईरहेको उनले कार्यक्रममा बताए ।

‘महामारीको बीमा गर्न सक्ने हामी उत्कृृष्ट देश मै पछौ होला । तर, त्यसको भुक्तानी दिने कुरामा तपाईहरुको ख्याल आएन । बीमा गर्नु मात्रै ठुलो कुरा होइन नी, भुक्तानी पनि दिन सक्नुपर्यो’ । के आधारमा बीमा गरिएको हो ? शर्माले प्रश्न गरे, भुक्तानी दिन नसक्दा अर्थमन्त्रालयसम्म प्रश्न चिन्ह्र खडा भएको छ । जसको समाधानको लागि अर्थमन्त्रालयमा गृहकार्य भइरहेको छ ।

अर्थमन्त्री शर्माले बीमाको पोलिसी बनाउँदा २० पटक सोच्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । मन्त्री शर्माले कोरोना बीमाको दाबी भुक्तानीको लागी सरकारले पहल गरिरहेको बताए । २ वर्ष अघि बीमा समितिले कोरोना महामारीको ६ सय र १२ सयमा ५० हजार र १ लाखको कोरोना बीमाको पोलिसि जारी गरेको थियो । कोरोना सङ्क्रमित हुँदा कुल दावी नै करिब १५ अर्ब परेको थियो । बीमा कम्पनी, बीमा समिति, पुर्नबीमा कम्पनी र विभिन्न कोषबाट गरेर पाँच अर्ब कोरोनाको दाबी भुक्तानी गर्दा अझै ११ अर्बभन्दा माथिको दाबी भुक्तानी बाँकी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*