बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

८ पुष २०७८, बिहीबार १२:५१

काठमाडौं । सरकारले बीमा समितिको सञ्चाफक समिति सदस्यमा सन्तोष रिजाललाई नियुक्त गरेको छ । बीमा समितिको रिक्त बीमितको कोटामा रिजाल सञ्चालक बनेका हुन् ।

मन्त्रिस्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका रिजालले आजै अर्थमन्त्रालयबाट पत्र बुझेका छन् । दाङ घर भएका रिजाल बीमितको हितको पक्षमा काम गर्दै आएका व्यक्ति हुन् । नेपाल बीमितहरुको हितमा काम गर्दै आएका रिजाल बीमित हित संरक्षण समितिका सदस्य समेत हुन् । अर्थशास्त्रमा स्नातकाेत्तर रिजाल प्राध्यापन पेशामा समेत आवद्द छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*