पुनर्बीमा ब्रोकर निर्देशिका जारी भएको वर्षदिनसम्म पनि लाइसेन्स वितरण भएन,२५ फाइल पेन्डिङमै

रिना खत्री
८ पुष २०७८, बिहीबार १२:०५

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी ब्रोकर निर्देशिका ल्याएको एक बर्ष बितिसक्दा पनि लाइसेन्स भने दिन सकेको छैन । यस अघि बीमा समितिको बोर्डको बैठकले पूर्णता नपाँउदा र कीर्ते हस्ताक्षरको कारण पछिल्लो समय समितिले कुनै निर्देशिका जारी गरेको छैन । केही समयअघि जारी गरेको विवादास्पद पुनर्बीमा निर्देशनबारे अर्थमन्त्रालयले छानविन गरिरहेको छ ।

बीमा समितिको नयाँ भवन शिलयान्स कार्यक्रममा बीमा समितिले दिन लागेको लघुबीमाको लाईसेन्सको बिषयमा पनि असहमती जनाएको दखिन्छ । त्यस्तै, अपरिपक्कतापूर्वक ल्याईएको कोरोना बीमाको कारण हाल बीमा क्षेत्रमा मात्रै नभई अर्थमन्त्रायमा पनि ठूलो चुनौतीको बिषयमा बन्ने पुगेको हुँदा आगामी दिनमा यस्ता कदम चाल्नुअघि बारम्बार सोच्न बीमा समिति र बीमकलाई आग्रह गरेका थिए ।

बीमा समितिमा पुनर्बीमा दलाल (ब्रोकर) का लागि २५ वटा भन्दा बढी फाइल पेन्डिङमै रहेको छ । सूचीकृतीको लागि बोर्डको अनुमति आवश्यक भएको कारण पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी फाइल पेन्डिङमै रहेको समितिले जनाएको छ ।

बीमा समितिले बीमा दलाल(ब्रोकर) राख्न पाउने स्पष्ट व्यवस्था बीमा ऐनमा गरिएको छ । गत आर्थिक वर्ष जारी गरेको बीमा नियमन निर्देशिकामा बीमा ब्रोकरले काम गर्ने कानुनी व्यवस्था छ ।निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि आवेदन दिएको लामो समयसम्म पनि बीमा समितिले यस बिषयमा कुनै प्रतिकृया नदिएको कुरा प्रस्ताव पहल गर्ने व्यक्तिले बीमापोष्टलाई बताए ।

बीमा समितिको प्रावधान अनुसार सबै प्रकृया पूरा गरि बुझाएपनि यस बिषयमा खासै प्रतिकृया नआएको भन्दै दुख व्यक्त गरेका छन् ।बीमा समितिले जारी गरेको उक्त निर्देशिकामा रि इन्स्योरेन्स ब्रोकरको अधिकृत पूँजी कम्तिमा दश करोड रुपैयाँ तोकिएको छ । अधिकृत पूँजीको ५० प्रतिशत चुक्ता पूँजीको रुपमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस आधारमा रि इन्स्योरेन्स ब्रोकर कम्पनी खोल्न चुक्ता पूँजी कम्तिमा पनि ५ करोड रुपैयाँ हुनुपर्नेछ व्यवस्था गरिएको छ । तर विदेशी पुनर्बीमा दलाल अन्तर्गत उक्त निर्देशिका बमोजिम अमेरिकी डलर ५० हजार रुपैयाँ (५८ लाख ८३ हजार ८ सय रुपैयाँ ) जम्मा गनुपर्ने प्रावधान रहेको छ ।

नेपालमा पुनर्बीमा दलाल कम्पनी दर्ता गर्न खोजेकाहरु बीमा समितिको विभेदकारी नीतिको सिकार भएकोले कुनै पनि पुनर्बीमा दलाल कम्पनी दर्ता गर्न नसकिएको गुनासो गरेका छन् ।जसअन्तर्गत नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले यस निर्देशिकाको दफा ३ बमोजिमको व्यवस्था अनुसारको पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न पाउने व्यवस्था रहेको छ ।

नेपाली ब्रोकरको हकमा ब्रोकरले तोकेको पूँजी मध्ये अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई बाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्नेछ । सो व्यवस्था अनुसार दुई करोड ५० रुपैयाँ धरौटी पर्न जान्छ । नेपाली कम्पनीलाई दुई करोड ५० लाख र विदेशी कम्पनीलाई ५८ लाख धरौटी राख्ने व्यवस्था विभेदकारी देखिएको एक अधिकारीले बताए ।

नेपालमा नेपाल रि–इन्स्योरेन्स कम्पनीले नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट २० प्रतिशत व्यवसायको अनिवार्य पुनर्बीमा गर्दै आएको छ । बाँकी व्यवसायी व्यक्तिगत पुनर्बीमा एजेन्टमार्फत कारोबार भइरहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा दलालहरुको नामावली सार्वजनिक गरेको हो । रेट्रोसेशन मार्फत कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीमार्फत् जोखिम बाँडफाँड सम्बन्धी सम्झौता गरेको हुन्छ ।

पुनर्बीमा दलाल भनेको बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच जोखिम तथा बीमा शुल्क बाँडफाँड गर्ने कार्य हो । पुनर्बीमा ब्रोकरले दुई पक्ष बीच पुलको काम गर्दछन् । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ ।

दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुने भएकोले पुनर्बीमामा यसको धेरै नै महत्व हुन्छ । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो हात रहन्छ । नेपालमा भने हालसम्म यस्तो दलालको दलालको व्यवस्था गरिएको छैन ।

बीमा ऐन २०४९ को धारा ३० मा दलाल दर्ता सम्बन्धी व्यवस्था गरिएको छ । ऐन अनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजत पत्र दिनसक्नेछ । बीमा समितिले गत आर्थिक वर्षमा जारी गरेको बीमा निर्देशिकामा दलाललाई पुनर्बीमासम्बम्धी व्यवस्था खुल्ला गरेको थियो ।

समितिले गत वर्षमा नै जारी गरेको पुनर्बीमा व्यवसाय सम्बन्धि निर्देशिकामा दलाललाई पनि समेटेको समितिका निर्देशक राजुरमण पौडेलले बताए । ‘ समितिको बोर्डको बैठकले पूर्णता नपाँउदा पुनर्बीमा ब्रोकर मात्रै नभई कैयौं फाइलहरु रोकियो बताएका छन् । ’

नेपाल पुनर्बीमा कम्पनीका बीमा विज्ञ विष्णु उपाध्यायले यस बिषयमा पछिल्लो समय सल्लाह लिने ईच्छुक व्यक्तिहरु बढेको बताएका छन् ।बीमा कम्पनीहरुले गरेको बीमा रकमको निश्चित अंशको जोखिम आफैले राख्ने गर्छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि ५ प्रतिशत र जीवन बीमा कम्पनीहरुले ०.३ प्रतिशत जोखिम आफैले लिन पाउने नीतिगत व्यवस्था गरेको छ ।

सोभन्दा बढीको जोखिम बीमा कम्पनीहरुले पुनर्बीमा गराउने गर्छन् । कम्पनीहरुले पुनर्बीमा गराउँनको लागि पहिला ब्रोकरमा जानुपर्छ । अनि ब्रोकरले पुनर्बीमा खोजेर कम्पनीहरुले गरेको बीमाको पुनर्बीमा गराउने व्यवस्था गरेका हुन्छन् । तर, नेपालमा अहिलेसम्म पुनर्बीमा ब्रोकर नभएकोले कम्पनीहरु आफैले पुनर्बीमा गराउँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*