आरजु राणासँगको सेटिङमा बीमा समितिका अध्यक्ष सिलवाल, पुनर्बीमाबारे अर्थमन्त्रलाई गलत ब्रिफिङ

९ पुष २०७८, शुक्रबार १०:५५

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै उच्च पदस्थ अधिकारीहरु मिलेर अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा व्यवसायबारे गलत ब्रिफिङ गरेको खुलेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट प्राप्त कमिशन पचाउन प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर बीमा समितिका अध्यक्ष सूर्य सिलवालसहितका कांग्रेस सम्बद्ध पदाधिकारीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा बापत बार्षिक १८ अर्ब रुपैयाँ विदेश पुगेको र सो विदेशिएको रकम रोक्न पुनर्बीमा नेपालमै गर्नुपर्ने भन्दै गलत ब्रिफिङ गरेको खुलेको छ ।

बीमा समितिले स्रोतले अध्यक्ष सिलवालले केही कर्मचारीसहित अर्थमन्त्री जनार्दन शर्मासँग पुनर्बीमा निर्देशिका जारी गर्नुअघि भेटवार्ता गरेको पुष्टि गरेको छ । अर्थमन्त्रालय स्रोतले पनि अध्यक्ष सिलवालले प्रधानमन्त्री शेर बहादुर देउवासमेतलाई भेटेर सोही कुरा ब्रिफिङ गरेको स्रोतको दावी छ । प्रम देउवासँग भेटघाटको तारतम्य देउवा पत्नी आरजुले मिलाएकी थिईन् ।

उता, सेटिङ गरेपछि अर्थमन्त्रालयमा मन्त्रीसँग भेटेर गलत ब्रिफिङ गरेको थिए । अध्यक्ष सिलवालले पुनर्बीमा बापत बाहिरिएको १८ अर्ब रुपैयाँ सोझै नेपाली बीमा कम्पनीमार्फत जाने प्रक्रिया रोकिए पनि नेपाल री र हिमालयन रि मार्फत पनि बाहिर जाने नै हो र सो बापतको रकम रोक्न नसकिने कुरा नगरेको खुलेको छ ।

साथै अध्यक्ष सिलवालले पुनर्बीमाबापत विदेश जाने रकमको ८० देखि ८५ प्रतिशत रकम दावी भुक्तानी बापत नेपालमै फिर्ता आउँछ भन्ने कुरा नभनेर ढाँटेका थिए । बीमाको सिद्धान्त अनुसार एउटै मात्रै क्षेत्र, भुगोल तथा कम्पनीमा पुनर्बीमा गर्दा जोखिम समेत एकै ठाउँमा थुप्रेर नेपाली बीमा हालको कोरोना बीमा जस्तै बन्ने भन्दै विज्ञहरुले चर्को विरोध गर्दै आएका छन् ।

आर्थिक प्रभावमा परेपछि जस्तोसुकै काम गर्ने अध्यक्ष सिलवालले यसअघि हिमालयन रि इन्स्योरेन्स कम्पनलाई लाइसेन्स दिँदा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलसँग मिलेर तीन अर्ब घुस लिएर पुनर्बीमाको लाइसेन्स दिएका थिए ।

यस पटक सो कम्पनीलाई छ देखि आठ अर्बको व्यवसाय सुनिश्चित गर्न अर्थमन्त्रीलाई गलत ब्रिफिङ गरेका हुन् । गलत ब्रिफिङ गरेको कुरा अर्थमन्त्रालयमा चुहिएपछि यतिबेला बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल धर्मसंकटमा पर्दै गएको स्रोतको दावी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*