बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न प्रतिबन्ध

२९ पुष २०७८, बिहीबार ०७:०३

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमाथि प्रतिबन्ध लगाएको छ । बीमा समितिमा निर्देशक दिनेशलाल कर्णले जारी गरेको निर्देशन बमोजिम सबै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि लाभांश वितरण गर्दा नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

बीमा समितिले यही पुस २६ गते जारी गरेको निर्देशन हिजो सबै बीमा कम्पनीहरुमा आईपुगेको छ । नगद लाभांश वितरण गर्न नपाउने निर्णयसँगै जीवन बीमा कम्पनीका सञ्चालकहरुले तत्काल नगदमा प्रतिफल लिन नपाउने भएका छन् ।

बीमा समितिले नगद लाभांश वितरण गर्ने कार्य अर्को व्यवस्था नहुन्जेलसम्मको लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

फ्युचर बोनसको प्रोभिजनका कारण नगद लाभांश लिनै नसक्ने अवस्थामा रहेको जीवन बीमा कम्पनीका लगानीकर्ताहरुलाई बीमा समितिले अर्को निर्णयले नगद लाभांश लिन प्रतिबन्ध लगाएको हो । बीमा समितिको यस्तो निर्णयले विदेशमा लाभांश लैजानुपर्ने बाहेकका कम्पनीहरुलाई खासै फरकक पर्ने छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*