बीमा समितिको शुल्क र धरौटी दाखिलाका लागि दुई खाता, शुल्क नबिल बैंक र धरौटी ग्लोबल आईएमई बैंकमा बुझाउन निर्देशन

२ माघ २०७८, आईतवार ०९:५४

काठमाडौं । बीमा समितिको लेखा शाखाले बीमा समितिलाई बुझाउनुपर्ने शुल्क बुझाउन दुई छुट्टा छुट्टै खाता सञ्चालनमा ल्याएको जनाएको छ । समितिको लेखा शाखाले सूचना जारी गर्दै बीमक कम्पनी, बीमा अभिकर्ता तथा सर्भेएरले शुल्क बुझाउँदा नबिल बैंक र सबै प्रकारको धरौटी खाताको लागि ग्लोबल आईएमई बैंकको खाता नम्वर प्रयोग गर्न निर्देशन दिएको छ ।

बीमा समितिले दुवै बैंकको खाता नम्वर सार्वजनिक गर्दै सोही खाताहरुमा रकम जम्मा गरेको भौचर लिई समितिको लेखा शाखाबाट भौचर कटाएपछि मात्रै सेवा प्रवाह हुने जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*