बीमा समितिद्धारा २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा छलफल

३ माघ २०७८, सोमबार १७:३९

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँगको कार्यक्रम सम्पन्न भएको हो ।

उक्त छलफल कार्यक्रम जीवन र निर्जिवन बीमा कम्पनीहरुको लेखा प्रमुखहरुसँग छुटाछुटै छलफल कार्यक्रम संचालन गरिएको थियो । यसअघि कम्पनीको सिईओहरुसँग यसै बिषयमा छलफल गरेको थियो । यसअघि विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन तयार रहेको बीमा समिति र विश्व बैंकलाई दिएका थिए ।

छलफलमा सहभागी बीमा कम्पनीका लेखा विभागका प्रमुखहरु जोखिममा आधारित पुँजिकोष सम्बन्धी व्यवस्था लागू गर्न सहमत भएका छन् छलफलमा तीन देखि पाँच वर्षभित्रमा बीमा कम्पनीहरुको जोखिम मूल्याङ्कन गरेर पुँजिकोष बृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

आजको छलफलमा बीमा समितिको तर्फबाट प्रेक्षा माथेमाले प्रस्तुतिकरण दिएको थियो । विश्वमा जोखिममा आधारित पुँजि कोषको निर्माणको अभ्यास, यसबाट हुने फाइदा छिमेकी देशहरुमा गरिएको अभ्यास समेटिएको प्रस्तुतिरकरण गरिएको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई सन् २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा आज छलफल भएको बीमा समितिका सहायक निर्देशक पदम प्रसाद सोडारीले बीमा पोष्टलाई बताएका छन् ।यस बिषयमा कुन मोडालिटीमा जाने भन्ने बिषयमा विश्व बैंकसँग एवं अध्ययन अनुसन्धान पश्चात् मात्रै अन्तिम निर्णय हुने उनले बताए ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार नियामकले तोकेको चुक्ता पुँजिको सीमाभित्र सबै कम्पनी रहेका हुन्छन् भने सो जोखिममा आधारित चुक्ता पुँजिको व्यवस्था अनुसार थप पुँजि पुर्याउनुपर्ने कम्पनीहरुले थप पुँजिको व्यवस्था गर्नुपर्ने हुन्छ ।

बीमा समितिले हाल संचालनमा रहेका बीमा कम्पनीहरुको चुक्ता पुँजि बृद्धि गर्ने योजना बनाउँदै गर्दा विश्व बैंकले जोखिममा आधारित चुक्ता पुँजिको अवधारणा अघि सारेपछि अब बीमाको पुँजि बृद्धि गर्ने योजनाको औचित्य सकिएको बीमा क्षेत्रका विज्ञहरुको भनाई छ ।समितिले यसलाई कुन आधारमा लैजाने भनेर छलफल कार्यक्रम बीमा समितिले विस्तृत रुपमा अगाडि बढाउदै आईरहेको छ । कार्यक्रममा बीमा समितिका पदम प्रसाद सोडारी र पुजन ढुङ्गेल अधिकारी रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*