नियम विपरित रिलायन्स लाइफमा सिईओ नियुक्तको अनुमति दिदै बीमा समिति

३ माघ २०७८, सोमबार २२:०८

काठमाडौं । नियामक बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा नियम विपरित हुने तलव सुविधा सहित सिईओ नियुक्तीका लागि अनुमति दिने निर्णय गर्दैछ । बीमा समितिले आजै यस्तो गलत निर्णय गरेको बीमा समिति सम्बद्ध स्रोतले पुष्टी गरेको छ । यद्यपि पत्र भने दिइनसकेको जनाइएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा राकेश पोखरेललाई नियुक्ती गर्ने निर्णय गर्दै गत पुस १८ गते बीमा समितिमा अनुमतिको लागि फाइल पठाएको थियो । कम्पनीको सञ्चालक समितिले पोखरेललाई मासिक पाँच लाख तलव तथा अन्य सुविधा दिने निर्णयसहित बीमा समितिमा फाइल पुगेको बीमा समिति स्रोतले पुष्टि गरेको छ ।

सञ्चालक समितिले बीमा समितिले जारी गरेको बीमकको प्रमुख कार्यकारीको तलव भत्ता लगायतका अन्य सुविधा सम्बन्धी मार्ग दर्शन २०७४ विपरित हुने गरी बीमा समितिमा सिईओ नियुक्तीका लागि सिफारिस गरेको थियो । बीमा समितिले सोही मार्गदर्शन विपरित हुने गरी सञ्चालक समितिले गरेको सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

बीमा समितिको प्रमुख कार्यकारीको तलव सुविधा सम्बन्धी मार्गदर्शनमा सिईओका लागि कम्पनीले तीन आर्थिक वर्षको औषत कर्मचारीका लागि गरेको कूल खर्चको ६ प्रतिशतसम्म तलव सुविधा दिन पाइने पहिलो शर्तको रुपमा राखेको छ भने दोस्रो शर्तमा तीन आर्थिक वर्षको कूल सम्पत्तिको ०.१ प्रतिशत बार्षिक तलव सुविधा दिन–लिन पाइने व्यवस्था छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा तीन आर्थिक वर्षको गणना गर्दा पाँच लाख कसैगरी पुर्याउन नसकेपछि बीमा समिति आफै अग्रसर भएर गैर कानुनी निर्णय गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्समा मासिक पाँच लाख तलव पाउने गरी राकेश पोखरललाई सिईओ नियुक्तीका लागि अनुमति दिने निर्णय गरेपनि पत्र भने दिई नसकेको बीमा समितिले जनाएको छ ।

CEOs_SALARY_DIRECTIVES_2075

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*