प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा

७ लाखसम्मको मृतक दुर्घटना र अपांगता तथा अशक्तता बीमा पनि
५ माघ २०७८, बुधबार १७:४८

काठमाडौं । श्रमिकहरुको सामूहिक बीमा अनिवार्य गनुपर्ने प्रावधान सुरु हुने भएको छ। माघ ३ गते बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने ब्यवस्था गरेको छ।

अब श्रमिकले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक गत साउन देखि १५ हजार रुपैयाँ पुगेको हो । यस अघि श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार रहेकोमा ज्याला दर निर्धारण गर्ने निर्देशिका संसोधन गरिएको हो । यस अघि प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ज्याला ५१७ रहेकोमा अब न्यूनतम ५७७ रुपैयाँ हुनुपर्नेछ । संशोधन गरेको नयाँ ब्यवस्था अनुसार श्रमिकको कार्य स्थलमा हुने दुर्घटना बीमाको ब्यवस्था समेत गरेको छ । कार्य गर्दागर्दै कार्यस्थलमा हुने दुर्घटना बापतको बीमा सरकारले गर्नेका लागि चालु आर्थिक वर्षको वजेटमा सरकारले २ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

नयाँ ब्यवस्था अनुसार श्रमिक र श्रमिकका परिवारलाई कार्यस्थलमा हुने दुर्घटनाको जोखिम र क्षति न्यून गर्ने बीमा अनिवार्य गरिएको छ । जस अनुसार सो कार्यक्रम अन्र्तगत रोजगारीमा खटिएका श्रमिकको सामूहिक कार्यस्थल दुर्घटना बीमाबाट ७ लाख रुर्पैयाँसम्म दाबी गर्न सक्ने ब्यवस्था सहितको निति लागु भएको छ ।

नयाँ ब्यवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार ब्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएमध्ये रोजगारीमा खटिने २ लाख श्रमिकको काममा खटिएको १ सय दिन पछि मात्र कार्यस्थल दुर्घटना बीमा दाबी गर्ने पाउने ब्यवस्था गरिएको छ।

निर्देशिका अनुसार ७ लाख सम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाबाट अपाङगताको अवस्थाका आधारमा बढीमा ७ लाख र कार्यस्थल घाइतेलाई औषधी उपचारबापत ७५ रुपैयाँसम्म दाबी गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*