आइतबारदेखि उपत्यकाभित्रका बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयमा आलोपालो गरी कर्मचारी आउनुपर्ने, स्थानीय निकायले जारी गर्यो निर्देशन

७ माघ २०७८, शुक्रबार ०९:५०

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानी उपत्यकामा भोलिदेखि बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयका कर्मचारीहरुलाई आलोपालो विधिबाट कार्यालयमा उपस्थित गराउन उपत्यकाका प्रशासन कार्यालयहरुले निर्देशन दिएका छन् । भोलि शनिबार भएकोले नयाँ व्यवस्था आइतबारदेखि लागू हुनेछ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि हिजो जारी सूचना अनुसार राजधानीका तीन वटा जिल्लामा यस्तो व्यवस्था लागू हुने छ । नयाँ व्यवस्था अनुसार आधा मात्रै कर्मचारी एक दिनमा उपस्थित गराउन पाइनेछ । त्यसको व्यवस्थापन कार्यालयका प्रमुखले गर्नेछन् ।

आलोपालो व्यवस्था अनुसार सार्वजनिक तथा सरकारी सेवा प्रवाह गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कामठाडौंले जनाएको छ । कार्यालय प्रमुख कुन कुन कर्मचारी कुन दिन आउने भन्ने कुरा व्यवस्थापन गरेर आलोपालो विधिबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार खोपकार्ड नभएका सेवाग्राहीहरुलाई बीमा कम्पनी तथा बीमा समितिले सेवा दिन बाध्य हुनेछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*