बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई जोर विजोर लागु नहुने,के छ नयाँ आदेशमा ?

७ माघ २०७८, शुक्रबार १६:४०

काठमाडौं । बैंक तथा बीमा कम्पनीको कर्मचारीलाई जोर विजोर लागु नुहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सवारी साधनहरु संचालन सम्बन्धमा थप सपष्ट धारणा व्यक्त गर्दै यस्तो जानकारी दिएको छ ।

बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीहरुले आफनो परिचयपत्र देखाई यस्तो छुट पाउने भएका हुन् । आज मध्यरातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन । काठमाडौं उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनमा परिचयपत्रको आधारमा बैंक/बीमा वित्तीय संस्थाका कर्मचारीहरुका लागि जोर विजोर लागु नहुने भएको हो ।

One thought on “बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई जोर विजोर लागु नहुने,के छ नयाँ आदेशमा ?

  1. सुशिला पोख्रेल says:

    परिचय पत्र हुनेलाइ चाहिँ कोरोना नलाग्ने हो र सरकार ???

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*