बीमा क्षेत्रमा भयावह बन्दै कोरोना संक्रमण, सयौं बीमाकर्मी बिरामी हुँदा बीमा सेवा प्रभावित

८ माघ २०७८, शनिबार २१:४५

काठमाडौं । सरकारले लकडाउन नगरे पनि अधिकांश बीमा कम्पनीहरु सेवाहरु अबरुद्ध हुन थालेका छन् । राजधानी काठमाडौंमा कोरोना संक्रमितको ग्राफ बृद्धि हुँदै जाँदा बीमा क्षेत्र समेत प्रभावित भएको हो । शनिबार मात्रै देशैभरि १० हजार भन्दा बढि जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो । सो संख्यामा थुप्रै बीमाकर्मीहरु समेत रहेका छन् ।

सार्वजनिक सेवा प्रदान गर्ने क्षेत्र भएकोले बीमा कम्पनीहरुले बिरामी कर्मचारीहरुलाई समेत कार्यालयमा पठाएर काम गराउनुपर्ने अवस्था आएको बताएका छन् । अधिकांश कर्मचारीहरु बिरामी हुँदा अत्यावश्यक काममा खटाउन समेत अप्ठेरो पर्ने अवस्था आएको बीमा कम्पनीहरुको भनाई छ । यद्यपि सबै बीमा कम्पनीहरुले नियमित रुपमा सबै शाखाहरु सञ्चालन गरेर सेवा प्रवाह गरिरहेका छन् ।

नियामक निकाय बीमा समितिमा दर्जनभन्दा बढि कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने बीमा कम्पनीका सयौं कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमणका कारण कार्यालय आउन सकेका छैनन् ।

गत वर्ष ३० जना भन्दा बढि बीमा कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर गुमाएको नेपाली बीमा क्षे त्रले यस पटक त्यस्तो अप्रिय अवस्थाको सामना गर्नु नपरेपनि सिंगो बीमा क्षेत्रका सयौं बीमाकर्मीहरु संक्रमित हुँदा सेवा प्रवाहमा समस्या परिरहेको छ ।

नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्नन निर्देशन दिइसकेको छ । साथै बीमा समितिले सबै बीमा कम्पनीका प्रमुखहरुलाई जोखिमको अवस्था विश्लेषण गरी काममा लगाउन भनेको छ ।
कोरोना भाइरसबाट जीवन बीमा कम्पनी सबैभन्दा बढि प्रभावित भएको छ । जीववन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु, हजारौं बीमा अभिकर्ताहरु संक्रमित हुँदा जीवन बीमा व्यवसाय समेत प्रभावित भएको छ ।

निर्जिवन बीमा क्षेत्रमा धेरै कर्मचारीहरु प्रभावित हुँदा अत्यावश्यक काममा खटाउनकै लागि समेत कर्मचारी अभाव हुन थालेको एक बीमा कम्पनीका उच्च अधिकारी बताउँछन् ।

कोरोना महामारीको तेस्रो लहरमा कर्मचारीहरु मात्रै नभएर उच्च अधिकारीहरु समेत संक्रमति हुन क्रम बढेको छ । केही बीमा कम्पनीका सिईओ, डेपुटी सिईओ तथा बीमा समितिकै पनि उच्च अधिकारीहरु समेत कोरोनाबाट प्रभावित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*