बीमा समितिका अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

१२ माघ २०७८, बुधबार ११:१८

काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको छ । मन्त्रालय सम्बद्ध स्रोतका अनुसार अर्थसचिव मधु मरासिनीको योजनामा मन्त्रिपरिषद बीमा समितिका अध्यक्षलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव अघि बढाइएको हो ।

सचिव मरासिनीको प्रस्तावमा मन्त्री शर्माले अन्तिम निर्णय भने गरिसकेका छैनन् । स्रोतका अनुसार मन्त्री शर्मालाई समेत सो सम्बन्धमा कन्भिन्स गर्ने प्रयत्न भइरहेको छ । हालकै अवस्थामा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले माफियासँग मिलेर अर्बौको सेटिङको काम गर्दै आएका छन् । पछिल्लो समय मंसिर ९ गते विवादास्पद पुनर्बीमा निर्देशन जारी गरेका उनले दर्जनभन्दा बढि बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने भन्दै सेटिङ गरिरहेका छन् । पूर्व अर्थमन्त्री विष्णु पौडेलका लागि काम गर्ने सिलवालका विरुद्धमा गत वर्ष हिमालयन रि नामक पुनर्बीमा लाईसेन्स वितरणमा तीन अर्ब घुस खाएको अभियोगमा अख्तियारमा परेको उजुरी अझै तामेलीमा छ । उनै अध्यक्षलाई थप अधिकार दिन लागेको विषयमा अर्थ मन्त्रालयभित्रै असन्तुष्टि रहेको छ ।

माफियाहरुको डिजाइनमा परेर सचिव मरासिनीलाई प्रधानमन्त्री पत्नी आरजु देउवाले दवाव दिएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री पत्नी आरजु राणा देउवा अहिले कमाउ धन्दामा लागेको र त्यसको लागि बैंक तथा वित्तिय क्षेत्रमा नीतिगत भ्रष्टाचार गर्न तल्लिन छन् ।

प्रम पत्नी आरजुकै दवावमा अर्थमन्त्रालयका सचिव मरासिनीले निर्देशन दिँदै बीमा समितिलाई सबै बीमा नेपालमै गर्नुपर्ने बीमाको सामान्य सिद्धान्तभन्दा विपरितको निर्देशन जारी गर्न लगाइएको थियो । मफियाको लेनदेन गर्न पाएपछि जस्तोसुकै काम गर्न निर्देशन दिने आरजुकै कारण अर्थमन्त्रालय पछिल्लो समय विवादमा पर्दै आएको छ ।

आरजुकै दवावमा मरासिनीले क्याविनेटबाट पास गर्ने भन्दै बीमा समितिका अध्यक्षलाई थप शक्तिशाली बनाउने प्रस्ताव लैजान लागिएको हो । स्रोतका अनुसार उक्त प्रस्ताव पारित भएमा बीमा समिति आफैले दर्जनौं लाईसेन्स वितरण गर्न सक्नेछ भने अन्य धेरै निर्णयहरु गर्न स्वतन्त्र हुने जनाइए पनि सो प्रस्तावमा के के छन् भन्ने पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।

One thought on “बीमा समितिका अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

  1. कृष्ण प्रसाद आचार्य says:

    नियत राम्रो भएर अधिकार सम्पन्न बनाउनु त राम्रो हो तर नियतमा खोट राखेर गर्नुले देश, जनता सबैमा नराम्रो असर पुर्याउछ नै। होसियार हुन अति जरुरि छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*