रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशिका तयार, बीमकलाई फ्रेमवर्क तयार गर्न निर्देशन

१९ माघ २०७८, बुधबार १५:२९

काठमाडौं । रिस्क वेस क्यापिटल सम्बन्धी प्रारम्भिक निर्देशन बीमा समितिको बोर्डले पारित गरेको छ ।  नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुमा उक्त पारम्भिक निर्देशिका पठाईसकेको छ।

समितिले  बीमा कम्पनीहरुलाई यस निर्देशिकाको फेमवर्कमा रहेर काम गर्ने निर्देशन दिएको छ । बीमा समितिले जारी गरेको रिस्क वेस क्यापिटल सम्बन्धी पारम्भिक निर्देशनमा रहेर बीमकले चार वर्षभित्र जोखिममा आधारित पूँजीको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्नेछ ।

रिक्स वेक्स क्यापिटलको फेर्मवकको प्रकृया लामो हुने भएको कारण यसलाई नै अन्तिम मस्यौदाको रुपमा भने लिन नसक्ने समितिले जनाएको छ। आवश्यकता अनुसार कुन फेमर्वकमा जाने भन्ने बिषयमा बीमा समितिले जारी गरेको निर्देशनलाई परिमार्जन गर्दै लैजाने भएको छ ।

बीमा समितिले निर्देशन जारी गर्दै जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै साउन २०८० देखि चरणबद्धरुपमा जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशिका अनुसार बीमकले आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा जोखिममा आधारित पूँजी र उपलब्ध पूँजीगत स्रोतहरुको विश्लेषण गनुपर्दछ ।
जोखिममा आधारित पूँजी अपुग भएको अवस्थामा वा सोल्भेन्सी अनुपात बीमा समितिले निर्दिष्ट गरेको मापदण्डभन्दा न्यून भएको अवस्थामा बीमकले आगामी चार वर्षभित्र यसलाई सुधार गरेर जोखिममा आधारित पूँजी वा सोल्भेन्सी अनुपात पुरा गनुपर्दछ ।

बीमकले नयाँ निर्देशन बमोजिम तथ्याङ्क संकलन, बिश्लेषण र कम्पनीले प्रकाशन गर्ने प्रतिवेदनको सम्पूर्ण सूचकहरुलाई अनुमोदन गर्नुपर्दछ । यसअघि समितिले प्रमुख कार्यकारी अधिकृतहरु र कम्पनीका वित्त विभागका कर्मचारीहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा बीमा समितिका एक्चुरी पे्रक्षा माथेमासँग छलफल पश्चात् उक्त निर्देशिका बीमा कम्पनीहरुमा पठाइएको हो ।

यसअघि विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन तयार रहेको बीमा समिति र विश्व बैंकलाई दिएका थियो ।
रिस्क वेस क्यापिटलको विषयमा अध्ययन गरेको र सोहि आधारमा यस सम्बन्धी निर्देशिकाको मस्यौदा पनि तयार पार्ने बिषयमा छलफल गरिएको थियो । आजको छलफलमा बीमा समितिको तर्फबाट प्रेक्षा माथेमाले प्रस्तुतिकरण दिएको थियो । विश्वमा जोखिममा आधारित पुँजि कोषको निर्माणको अभ्यास, यसबाट हुने फाइदा छिमेकी देशहरुमा गरिएको अभ्यास समेटिएको प्रस्तुतिरकरण गरिएको थियो । त्यस्तै रिस्क वेस क्यापिटलको मोडेलको बारेमा पनि छलफल गरिएको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई सन् २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने मोडालिटी तयार गर्न केही समय अघिमात्रै समितिमा बैठक बसेको थियो ।बीमा समितिले हाल संचालनमा रहेका बीमा कम्पनीहरुको चुक्ता पुँजि बृद्धि गर्ने योजना बनाउँदै गर्दा विश्व बैंकले जोखिममा आधारित चुक्ता पुँजिको अवधारणा अघि सारेपछि अब बीमाको पुँजि बृद्धि गर्ने योजनाको औचित्य सकिएको बीमा क्षेत्रका विज्ञहरुको भनाई छ ।

बीमा कम्पनीहरूको काम नै जोखिम धारण अर्थात् वहन गर्ने हो । त्यसअनुसार बीमा कम्पनीहरूले वहन गर्ने तथा गरिएका जोखिम (दायित्व) अनुसारको पूँजी कायम गर्नु उपयुक्त मानिन्छ । विश्वका अधिकांश मुलुकमा यसको अभ्यास गरिसकिएको पनि छ । नेपालले पनि यो अभ्यासमा ल्याउने तयारी गरेको हो ।

नेपालको हकमा अहिले अधिकांश बीमा कम्पनीहरूको चुक्ता पूँजी नियामक निकायले तोकेको वरिपरि नै छ । तर, उनीहरूले लिएको जोखिम (दायित्व) भने त्यो भन्दा कैयौं गुणा बढी छ । कम्पनीहरूले पनि व्यवसाय बढाउने होडमा जति पनि दायित्व लिएको अवस्था छ । कम्पनीहरूको पूँजीले दायित्व वहन गर्न नसक्ने अवस्था पनि आउन सक्छ । सोही सम्भावित जोखिमलाई दृष्टिगत गर्दै समितिले जोखिममा आधारित पूँजी निर्माणमा अगाडि बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*