बीमा समितिद्धारा ९४ वटा उजुरीको फैसला, १९४ वटा मुद्दा बाँकि

१ जेष्ठ २०७९, आईतवार १५:३९

काठमाडौं । बीमा समितिले कम्पनीहरुमा परेको बीमितले दर्ता गरेको ९४ वटा उजुरीको फैसला गरेको छ ।बीमा कम्पनीहरुमा परेको ९४ वटा उजुरीको फैसला गरेको हो ।चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् ।

समितिले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समितिमा दर्ता भएका र फैसला हुन बाँकी कुल २८८ उजुरीमध्ये बीमक र बीमितबीच आपसी सहमति तथा मेलमिलापबाट ९४ वटा उजुरीको किनारा लगाएको हो । बाँकिको मुद्दको बिषयमा समेत समितिले छिटो किनारा लगाउन तयारी गरिरहेको बीमा समितिले जनाएको छ । कम्पनीविरूद्ध दर्ता भएका १९४ वटा मुद्दा छिनोफानो हुन बाँकी छन् ।

बीमितले कम्पनीले गरेको दाबी भुक्तानीमा चित्त नबुझेमा ती कम्पनीविरूद्ध बीमा समितिमा गई उजुरी दिन सक्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*