बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने

५ जेष्ठ २०७९, बिहीबार २०:२०

काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।

कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका छन् भने कतिपय कम्पनीहरु मर्जरमा जान उपयुक्त कम्पनीको छनोट गर्न लागिपरेका छन् ।बीमा समितिले एक बर्षभित्र अनिवार्य चुक्ता पुँजि बढाउने निर्णय गरेसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्प छनोट गरिसेकेका छन् भने बाँकि आधा दर्जन कम्पनीहरुको पारम्भिक चरणको छलफलमा रहेका छन् ।

हाल संचालनमा रहेक सबै बीमा कम्पनीहरुले समितिमा क्यापिटल प्लान भने पेश गरिसकेका छन् । समितिले बजेटको सुझावमा समेत मर्जरमा जाने कम्पनीहरुको लागि कर छुटको व्यवस्था राख्न सुझाव दिएको छ ।मर्जर निर्देशिका अनुसार मर्जरमा जाने बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई कुलिङ्ग अवधि लागु हुने छैन । दुई वटा कम्पनी मर्जरमा जादा एउटा कम्पनीको सिइओ कित डिसिइओ हुनु पर्छ होइन भने बाहिरिनु पर्छ । यसरी बाहिरिदा उक्त सिइओलाई अर्को कम्पनीमा जान ६ महिनाको कुलिङ पिरियड लागु हुने नगर्न बिषयमा आज छलफल गरिएको छ।

साथै मर्जर तथा प्राप्ति पश्चात समेत पूँजी नपुगेमा पूँजी पुर्याउने अवधि थप गरिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*