हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय दिन बीमा समितिको निर्देशन, अर्थमन्त्रीलाई बद्नाम बनाउँदै जारी भयो सर्कुलर

५ जेष्ठ २०७९, बिहीबार २१:५४

काठमाडौं । बिहिवार अर्थमन्त्री जनार्दन शर्माका सम्बन्धमा भ्रष्टाचारजन्य कार्य गरेको तथा सेटिङमा मुछिएको भन्दै व्यापाक समाचारहरु आए । बीमा समितिले अर्थमन्त्री शर्मालाई थप बद्नाम र अप्ठेरो पर्ने गरी हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय पठाउन ३९ वटै बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आजै ३९ वटा कम्पनीलाई काटेको पत्रमा हस्ताक्षर गरेर सर्कुलर जारी गरेका छन् । बीमा समितिले हिजोको मितिमा गरेको निर्णय अनुसार यसअघि नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमाको हिस्सा खोसेर हिमालयन रिलाई समेत दिने निर्णय गरेको हो । अर्थमन्त्री शर्माको नाम मुछिएको यो प्रकरणले आज दिनभरि नै अर्थमन्त्रालय र बीमा समितिमा चर्चा र बहसको विषय बनेको थियो ।

 

 

बीमापोष्टलाई प्राप्त बीमा समितिको निर्देशनमा चालु आव आगामी आवमा १० प्रतिशत, त्यसपछि लगातार दुई प्रतिशतका दरले घटाउँदै लगेर अन्त्यमा शुन्यमा झार्ने गरी निर्देशन जारी गरिएको छ । बीमा समितिका सञ्चालकहरुकै संलग्नतामा बसेको सञ्चालक समितिबाट पारित भएपछि बीमा समितिका कार्यकारी निर्देशक पौडेलले आज निर्देशनमार्फत नेपाल पुनर्बीमाको प्रत्यक्ष हिस्सा खोसेर हिमालयन रिलाई दिन निर्देशन जारी गरेका हुन् ।

 

बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार हाल नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको बार्षिक सात अर्बको व्यवसाय अब आधा आधा भई हिमालयन रिले समेत साढे तीन अर्ब रुपैयाँ पाउँनेछ । यस प्रकरणमा करोडौं रुपैयाँको घुस डिल गरिएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ ।

सो सम्बन्धमा अर्थमन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*