आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य

१२ जेष्ठ २०७९, बिहीबार १२:१९

काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा समितिबाट स्वीकृत लिएर खोल्न पाउने समितिले जनाएको छ।

हाल राष्ट्र बैंकको इजाजत लिएर केहि बैंकहरुले आफनो शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आएको छ । आईतबार पनि बीमा कम्पनीहरु संचालन भएमा उनीहरुलाई सेवा दिनका लागि बैंकले कार्यालय संचालन गर्ने तयारी गरिएको समितिको कार्यकारी निर्देशक राजुरमण पौडलले बीमापोष्टलाई बताएका छन् ।

‘सबै बीमा कम्पनीहरु आइतबार बिदा नहुन पनि सक्छ’ उनले बीमापोष्टसँग भने, ‘कम्तीमा २५ प्रतिशत बीमा खुले भने बैंकले आईतबार पनि सेवा दिन सक्छ ।’ उनले बीमा कम्पनीहरुलाई सेवा दिन आईतबार पनि सेवा सुचारु गर्न सक्ने बताए ।

हालसम्म कुनै पनि बीमा कम्पनीहरुले आईतबार सेवा दिएको छैनन् । यद्यपी सरकारले भने शनिबार र आइतबार दुईदिन नै बैंक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*