गैर कानुनी निर्णयपछि संकटमा बीमा समितिका अध्यक्ष सिलवाल

२३ जेष्ठ २०७९, सोमबार २२:४५

काठमाडौं । बीमा समितिको सञ्चालक समितिले २०७९ जेठ ४ गते गरेको गैर कानुनी निर्णयका कारण अध्यक्ष सूर्य प्रसाद सिलवाल संकट परेका छन् । माफिया र तस्करहरुले सञ्चालन गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्ब रुपैयाँ भन्दा बढि रकम आम्दानी हुने गरी प्रधानमन्त्री पत्नी आरजु राणासँगको सेटिङमा विवादित निर्णय गरेपछि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल संकटमा परेका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीले संघीय संसदबाट पास भएको बजेट कार्यान्वयन गर्नुको साटो नेपाल सरकारको लगानी रहेको कम्पनीले पाउँदै आएको व्यापार हिस्सा खोस्ने बीमा समितिका अध्यक्ष सिलवालको निर्णयमाथि चुनौति दिँदै अर्थमन्त्रालयमा पत्राचार गरेपछि अध्यक्ष सिलवाल तथा सो निर्णयमा हस्ताक्षर गर्नेहरुको तनाव सुरु भएको छ ।

स्रोतका अनुसार माल्दिभ्सबाट फर्केपछि आज बीमा समिति सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा गरिएको सेटिङ र उक्त काण्डमा आईपर्ने अप्ठेरोको सम्बन्धमा छलपल भएको विश्वस्त स्रोतले जनाएको छ । तर, यस सम्बन्धमा आज कुनै निर्णय भने भएको छैन ।

उच्चस्तरीय स्रोतले जनाए अनुसार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालाई प्रतिनिधि सभाको अर्थ समितिले हिमालयन रिको पक्षमा गरिएको बैशाख २८ र जेठ ४ र ५ गते भएका निर्णयहरुका सम्बन्धमा जानकारी माग गरिएको थियो । अर्थ समितिमा पूर्व अर्थमन्त्री तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत बीमा समितिले गरेको निर्णयको सम्बन्धमा चासो राखेको जनाइएको छ ।

 

कुनै समय वर्तमान अर्थमन्त्री जनार्दन शर्मा आफै लेखा समितिका सभापति थिए र देशैभरिका भ्रष्टाचारीहरुलाई कठघरामा उभ्याएर बयान लिने गर्दथे । शर्माकै पालामा धेरै ठूला भ्रष्टाचारीहरुले जेलको चिसो यात्रा गर्न बाध्य पारिएका थिए । अहिले उनै जनार्दन शर्मा अर्थमन्त्री भएको बेला मातहतको बीमा समितिमा अर्बौको सेटिङमा भ्रष्टाचार हुँदा समेत मन्त्री शर्मा किन मौन छन् ? अर्थ समितिका एक सदस्यले बीमापोष्टसँग जिज्ञाशा राखे ।

हिमालयन रिलाई साढे छ अर्ब फाइदा हुने गरी गरिएको गैर कानुनी निर्णयका कारण अर्थमन्त्री शर्मा दिनानुदिन बद्नाम बन्दै गइरहेकोले पनि बीमा समितिका अध्यक्ष सिलवाल थप तनावमा पर्दै गएका छन् । आफैले मन्त्रीलाई कन्भिन्स गराएकोमा अब कानुनको फन्दामा मन्त्री समेत पर्न थालेपछि उकुसमुकुसको अवस्थाको सामना गरिरहेको स्रोतको दावी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*